भानुमा नगरस्तरीय प्रधानाध्यापक बैठक, शैक्षिक क्यालेन्डर निर्माण समिति गठन

भानु : तनहुँको भानु नगरपालिकामा नगरस्तरीय प्रधानाध्यापक बैठक शुक्रबार सम्पन्न भएको छ । नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलको अध्यक्षतामा आयोजित बैठकमा नगरका ४७ वटै विद्यालयका प्रधानाध्यापकहरू सहभागी भएका थिए।

बैठकमा सामाजिक विकास समितिका संयोजक हरिहर उप्रेती, शिक्षा अधिकृत सरस्वती गुरुङ ढकाल तथा सहायक शिक्षा अधिकृत श्रीकृष्ण त्रिपाठीलगायतको उपस्थिति रहेको थियो ।

बैठकले शैक्षिक सत्र २०८२ को दोस्रो त्रैमासिक परीक्षाको समीक्षा गर्दै परीक्षा स्वच्छ, पारदर्शी र मर्यादित रूपमा सम्पन्न गर्न थप रचनात्मक सुझावहरू संकलन गरेको जनाएको छ ।

त्यसैगरी, शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षा शैक्षिक क्यालेन्डरअनुसार आगामी चैत ८ गतेदेखि सञ्चालन गर्न नगरस्तरीय परीक्षा समितिलाई अनुरोध गर्ने निर्णय गरिएको छ। कक्षा ५ र ८ को नगरस्तरीय परीक्षाका लागि फागुन १५ गतेभित्र अनलाइन दर्ता फाराम भर्ने निर्णय पनि गरिएको छ।

निकट संसदीय निर्वाचन, वार्षिक परीक्षा, नतिजा प्रकाशन तथा भर्ना अभियानका कारण समय अभाव हुने भएकाले नगरस्तरीय बालबालिका केन्द्रित अतिरिक्त क्रियाकलाप कार्यक्रम २०८३ वैशाखमा सञ्चालन गर्ने सर्वसम्मत निर्णय भएको छ । साथै, नगरस्तरीय शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम पनि २०८३ वैशाखको अन्तिम साता गर्ने निर्णय गरिएको छ ।

लेखा व्यवस्थापन तालिम चैत महिनामा सञ्चालन गर्ने तथा शैक्षिक सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम र विद्यार्थी भर्ना अभियान चैतको अन्तिम साता सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । अबदेखि शिक्षक–कर्मचारीको तलबभत्ता माग फाराम आइइयमआइयस प्रणालीमार्फत तयार गरी पेश गर्ने व्यवस्था गर्ने निर्णय पनि गरिएको छ।

बैठकले शैक्षिक सत्र २०८३ को शैक्षिक क्यालेन्डर निर्माणका लागि नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको छ । समितिमा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू सदस्य रहनेछन् भने शिक्षा अधिकृत सरस्वती गुरुङ ढकाल सदस्य–सचिव रहने निर्णय गरिएको छ ।

बैठकमा सहभागी प्रधानाध्यापकहरूले सक्रिय सहभागिता जनाउँदै शैक्षिक सुधारका लागि आवश्यक सुझाव प्रस्तुत गरेका थिए । नगरपालिकाले निर्णय भएका कार्यहरू समयमै कार्यान्वयन गर्न सबैको सहयोग अपेक्षा गरेको जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker