गोरखामा बेहुली लिएर फर्कदै गरेको जन्ती सवार जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

गोरखा मनकामनामा बेहुली लिएर फर्किँदै गरेको जन्ती सवार जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

छिरिङकोटबाट बेहुली लिएर आउँदै गरेको जन्ती चढेको जीप शुक्रबार बिहान करिब ३ बजे दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा १२ जना घाइते भएका छन् ।

शहीदलखन गाउँपालिका- ३ पात्लेखोलामा प्रदेश ३-०१-०२३ च ४४२७ नम्बरको जीप दुर्घटना भएको हो । गोरखा प्रहरी प्रवक्ता डीएसपी लीलाराम लामिछानेका अनुसार ४ पुरुष र १ महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका अन्य यात्रुलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker