आजदेखि एक महिने महामिलन पर्व सुरु

भञ्ज्याङ समाचारदाता/तनहुँ

चार वेद अठारा पुराणका रचयिता व्यास ऋषिको जन्मभूमि व्यास शिवापाञ्चायन क्षेत्रमा आजदेखि एक महिने हिन्दू महामिलन पर्व सुरु भएको छ । व्यास ऋषिको तपोभूमि शिवापाञ्चायन क्षेत्रको प्रचारप्रसार गर्दै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उक्त पर्वको आयोजना गरिएको हो । वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा आजदेखि कात्तिक ३० गतेसम्म महामिलन पर्वको आयोजना गरिएको हो ।

अठ्ठाइसौं श्रीकृष्ण द्वैपायन वेदव्यासको अवतरणभूमिको प्रचारप्रसार गरी धार्मिक पर्यटनका रूपमा प्रवर्द्धन गर्न लागिएको वेद अनुयायी प्रतिष्ठानका उपाध्यक्ष दुर्गाभक्त अधिकारीले जानकारी दिनुभयो । व्यास भूमिलाई ओमकार तथा सनातन धर्मावलम्बीहरूको धार्मिकस्थल बनाउन एकमहिने अखण्ड हरिनाम सकीर्तन एवं एक सय आठ दीप प्रज्वलन गरिने छ ।

कार्यक्रममा कात्तिक १६ गते संस्कृतिविद् डा जगमान गुरुङ, कात्तिक २४ गते महेश सन्यास आश्रम देवघाटधामका स्वामी दुइ हजार आठ रमणानन्द गिरीजी महाराजको उपस्थिति रहने प्रतिष्ठानका प्रमुख संरक्षक शान्ति स्वरुपानन्द दामोदर बाबाले बताउनुभयो ।

उक्त कार्यक्रममा छिमेकी राष्ट्र भरतबाट एक सय आठजना साधुसन्तको समेत उपस्थिति हुने व्यासका अध्येता काशिनाथ न्यौपानेले जानकारी दिनुभयो । हिन्दू, बौद्ध, शिखर, जैन वैदिक सनातन धर्मका चार फरक सम्प्रदाय सबैको एकताले मात्र ओमकार परिवार बलियो हुने भएकाले एकै ठाउँमा बसेर महापर्व मनाउन लागेको उहाँले बताउनुभयो ।

धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्व बोकेको व्यासभूमि ओझेलमा पर्दै गएकाले प्रचारप्रसार गरी पर्यटन आवागमनमा वृद्वि गराउन महामिलन पर्वको आयोजना गरिएको व्यास नगरपालिकाका पूर्वप्रमुख एवं प्रतिष्ठानका सल्लाहकार ताराप्रसाद श्रेष्ठले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker