पाल्पा दुर्घटना उपडेट : मृतक छ जनाको सनाखत, चालक गम्भीर घाइते
सुशीला रेग्मी/रासस

रामपुर (पाल्पा) : पाल्पाको रानिमहलबाट सदरमुकाम तानसेन जाँदै गरेको कार रानिमहल सडकखण्डको बैकुण्ठेमा दुर्घटना हुँदा छ जनाको घटना स्थलमै मृत्यु भएको ।
मृत्यु हुनेमा पाँच जना नवलपरासी (बर्दघाट सुस्ता पूव) जिल्लाका रहेका छन् । नवलपरासी देवचुली नपा–१६ रजहर का बस्ने ३६ वर्षका ईश्वरबहादुर लोहनी चालक गम्भीर घाइते भएका छन् । उनको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्त एवं प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार मृत्यु हुनेमा देवचुली–१६ रजहरका अन्दाजी ५६ वर्षकी पार्वती लोहनी, सोही ठेगानाका वर्ष ३५ की सबिता धिताल, सोही ठेगानाका ११ वर्षका सबिस लोहनी, अढाई वर्षका ईसव लोहनी र अन्दाजी ६५ वर्षका कृष्णबहादुर लोहनी रहेका छन् । अर्का एक जना लमजुङ वेसीसहर वडा नं २ भकुण्डे बस्ने अन्दाजी ५५ वर्षकी चुना धिताल रहेकी छिन् ।
७ जना सवार बागमती प्रदेश ०१–०२६ च ७२०९ नं को स्कारपियो जिप ७२०९ नम्बरको जिप साँझ करिब ५ बजेतिर सो स्थानमा दुर्घटना भएको हो । जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा चालक गम्भीर घाइते भएका छन् । उनीहरु एकै परिवारका हुन् ।
मृत्यु हुनेहरुमा पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं १६ रजहर का ६५ वर्षीय कृष्णबहादुर लोहनी, उनकी श्रीमती ५५ वर्षीय पार्वती लोहनी उनकी आफन्त ५५ पर्षीय चुना धिताल, बुहारी ३५ वर्षीय सविना धिताल,र नाती ११ वर्षीय सोविस लोहनी र साढे २ वर्षका अर्का एक बालक रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर जिपका चालक ३६ वर्षीय ईश्वर बहादुर लोहनी गम्भीर घाइते छन्। उनी मृतक लोहनीका छोरा हुन् ।
घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाट, जिल्लाबाट गएको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएका थिए । रानीमहल जाँदै गरेको जिप बैकुण्ठे पहाडबाट बराङ्दी जाँदै गरेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थल खोँच रहेकाले उद्धारमा कठिनाइ भयो ।
पाल्पाका एसपी हेरम्ब शर्माका अनुसार बैकुण्ठ पहाडबाट सय मिटर भन्दा लामो छाँगो रहेको र उद्धार निकै कठिनाइ भएको थियो । दुई सय मिटर तल्लो भागबाट खोला भएर उद्धारका लागि पुग्नु पर्ने निकै समस्या परेको उद्दारमा संलग्न प्रहरी तथा स्थानीयको भनाइ छ ।
स्थानीयका अनुसार बैकुन्ठे भीरमा ग्रेड नमिलेको र ठाडै उकालो सडक रहेको छ । छेउतर्फ सुरक्षाका लागिसमेत कुनै सतर्कता अपनाइएको छैन भने केही समययता सडकसमेत बिग्रेर छियाछिया बनेको छ । दुर्घटनास्थल सदरमुकाम तानसेनदेखि ११ किलोमिटर टाढा पर्छ । तानसेनदेखि १३ किलोमिटर टाढा रहेको रानीमहलसम्म लुम्बिनी प्रदेश सरकारको सहयोगमा गतवर्ष कालोपत्रे सकिएको हो ।
‘सबै मेरा छिमेकी हो, सबैलाई म चिन्छु। केही समयअघि मात्रै बिदेशबाट फर्केका लोहनीको परिवार शनिवार गुल्मीको रिडी र पाल्पाको रानीमहल घुम्न जाने भन्दै त्यता जानुभएको हो’पूर्वीनवलपरासीको देवचुली नगरपालिका वडा नं १६ का अध्यक्ष केशवराज गौतमले बताए।
घाइते ईश्वर लोहनीको जिल्ला अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरु रानीमहल अवलोकन गरेर फर्कने क्रममा तानसेन नगरपालिकाको बैकुन्ठे छाँगोमा दुर्घटनामा परेका हुन् ।
प्रहरीका अनुसार दुर्घटनास्थल अप्ठ्यारो भिर रहेको र जीप बराङदी खोलाको खोँचमा झरेकोले प्रहरीलाई समयमै उद्धारमा समेत कठिनाई भएको थियो।
सडकबाट झण्डै एकसय मिटर तल छाँगोबाट खसेको जिप खोलाका ढुंगामा बजारिएर क्षतविक्षत भएको छ। जिप खोलामा झरेको छ भने मृतकहरुको शवलाई खोलामा डुबेको अवस्थामा उद्धार गरिएको थियो।










