भिमादको स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा, उत्कृष्ट कर्मचारी र स्वास्थ्य संस्था पुरस्कृत

भिमाद : तनहुँको भिमाद नगरपालिका स्वास्थ्य शाखाले मातहत रहेका स्वास्थ्य संस्थाहरुको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समिक्षा गोष्ठी गरेको छ । नगरप्रमुख दधिराज सुवेदीको अध्यक्षतामा आयोजित गोष्ठीमा आधारभूत स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्जहरुले  आफ्नो प्रस्तुति दिएका थिए ।
दुई दिनसम्म सञ्चालित गोष्ठीमा वडा तहमा भएका नविनतम प्रयासदेखि, स्वास्थ्यका सुचकको बर्तमान अवस्था, भएका कमजोरीदेखि लिनपर्ने आगामी रणनीतिका विषयमा छलफल गरिएको थियो । छलफल पश्चात स्वास्थ्य शाखा प्रमुख अनुराधा भट्टले पालिकाले लिने आगामी कार्यदिशाबारे सहजिकरण गरेकी थिइन् ।
यस्तै, उक्त कार्यक्रमका अवसरमा उत्कृष्ट कर्मचारी र संस्थालाई सम्मानित समेत गरिएको थियो । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक डा. सबिन लम्साल, हेअ अनुशा ओलि, हेअ बिनोद कुमार मुखिया, अहेब हिरादेबी रानाभाट र कार्यालय सहयोगी बुद्धिमाया कुमाललाई सम्मानित गरिएको थियो ।
नगरपालिकाको उत्कृष्ट स्वास्थ्य संस्था भिमाद प्राथमिक स्वास्थ्य केन्द्र बनेको छ । तीन जनाको छनोट समितिले विभिन्न मापदण्ड बनाएर उत्कृष्ट कर्मचारी र स्वास्थ्य संस्था छनोट गरेको थियो । सम्मानित सबैलाई नगरप्रमुख सुवेदीले सम्मानपत्र प्रदान गरेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker