हनी ट्रयापमा पारेर काठमाडौंमा घर र ४ आना जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ

काठमाडौं । हनी ट्रयापमा पारेर काठमाडौंमा घर र ४ आना जग्गाको बार्गेनिङ गरेको आरोपमा दुई जना महिला पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलाली गोदावरी १० स्थायी घर भइ काठमाडौंको कालोपुलमा बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुरकी ३४ वर्षीया आँचल श्रेष्ठ रहेका छन् ।
उनीहरुलाई बुधबार साँझ हनुमानस्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।
उनीहरुले सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिहरुसँग सम्बन्ध राखी होटलमा बोलाएर माधक पदार्थ सेवन गराई अश्लील फोटो तथा भिडियो बनाई मेसेन्जरमा पठाएर काठमाडाैंमा घर र जग्गा दिनुपर्छ नत्र याैन शाेषाणकाे मुद्दा लगाइदिने भन्दै बार्गेनिङ गर्ने गरेको प्रहरीको भनाइ छ । त्यही क्रममा ५ लाखको चेक काट्न बाध्य पारेको र उक्त चेक र दुई थान माेबाइल बरामद भएको प्रहरीले जनाएको छ ।