शुक्ला हिलेटारको विकासका लागि विभिन्न उपसमिति गठन
भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिका-८, पुलचोक स्थित धार्मिक पर्यटकीय क्षेत्र शुक्ला हिलेटार शिवालय मन्दिरको विकासका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । मन्दिर परिसरमा बुधबार बसेको भेलाले १४ वटा उपसमितिहरु गठन गरेको हो ।
भेलाले प्राविधिक समन्वय उपसमितिको संयोजकमा इ. तारापति भट्टराइ, कानुनी समन्वय समिति संयोजकमा हरिश्चन्द्र अर्याल, सुचना तथा सञ्चार समन्वय उपसमितिको संयोजकमा विज्ञान भण्डारी, वैदेशिक सम्बन्ध विस्तार समन्वय उपसमितिको संयोजकमा हरिश्चन्द्र महत, सामाजिक संघ संस्था समन्वय उपसमितिको संयोजकमा पदमबहादुर बानियाँ, मातृशक्ति परिचालन उपसमितिको संयोजकमा सरस्वती गौतम, टोलविकास संस्था समन्वय उपसमितिको संयोजकमा टिकामाया राना र धार्मिक समन्वय उपसमितिको संयोजकमा विवेक खनाललाई चयन गरिएको छ ।
यसैगरी ज्येष्ठ नागरिक समन्वय उपसमितिको संयोजकमा ललितप्रसाद प्रधान, पुजा व्यवस्थापन समिति उपसमितिको संयोजकमा बोधराज गैरे, निर्माण समितिको संयोजकमा दिपक क्षेत्री, अनुगमन उपसमिति संयोजकमा कृष्णप्रसाद रेग्मी, शिवलिङ्ग अध्ययन उपसमिति संयोजकमा डिलबहादुर श्रेष्ठ र एकादशी मेला व्यवस्थापन उपसमितिको संयोजकमा परशुराम भण्डारी चयन भएका छन् ।
जीर्ण अवस्थामा पुगेको मन्दिरको पुननिर्माण गरी धर्मावलम्बीको आस्थाको केन्द्रको रूपमा विकास गराउने लक्ष्य लिइएको मन्दिर व्यवस्थापन समितिको अध्यक्ष परशुराम भण्डारीले बताए । भेलामा बोल्ने वक्ताहरुले साँझा प्रयासबाट नै उद्देश्य पुरा गर्न सकिनेमा जोड दिएका थिए ।










