भानुभक्त प्राणी उद्यान प्रभावितलाई मुआब्जा उपलब्ध गराउन सरोकारवाला निकायले पहल गर्ने

भञ्ज्याङन्यूज

तनहुँको भानुभक्त प्राणी उद्यानका क्षेत्रभित्र रहेका निजी घरजग्गाहरुको मुआब्जा वितरणका लागि सबै सरोकारवाला निकायहरुले आवश्यकता अनुसार आ-आफ्नो निकायबाट पहल गरिने भएको छ ।

भानुभक्त प्राणी उद्यान कार्यालय छिर्कनमा आयोजित सरोकारवाला निकायहरुसंगको समन्वय बैठकले वि.सं. २०७४ वैशाख १८ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी स्थापना गरिएको प्राणी उद्यान क्षेत्र भित्र ५ वटा घर र ९६१-६-४-३५ रोपनी जग्गाको मुआब्ज वितरण गर्नुपर्ने रहेको संरक्षण अधिकृत विनय कुमार झाले बताए ।

व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने, भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठी, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रमुख कोष नियन्त्रक विनोद भट्टराइ, नापी कार्यालय प्रमुख विजय कुमार सिंह लगायतका उपस्थितिमा भएको बैठकले भानुभक्त प्राणी उद्यानको जैविक विविधता संरक्षण, पर्यर-पर्यटन प्रवर्द्धनका लागि सम्पूर्ण सरोकारवाला निकायहरु बीच सम्पर्क, समन्वय र सहकार्य गरी अगाडि बढ्ने निर्णय गरेको छ ।

यस्तै, समन्वय बैठकले प्राणी उद्यानको उद्देश्य अनुरुप चार किल्ला भित्र पर्ने नीजि स्वामित्वका घरजग्गा अधिग्रहण गरी मुआब्जा वितरण गर्ने प्रक्रियामा जग्गाको स्थलगत निरीक्षण कार्य सम्पन्न गरी जग्गाको किसिम र क्षेत्रफल यकिन भई जग्गा प्राप्ति ऐन, २०२४ बमोजिमको मुआब्जा निर्धारण समितिबाट मुआब्जा निर्धाण समेत भएको जानकारी गराइएको थियो ।

उद्यान क्षेत्रमा हाल नीजि स्वामित्वका घर तथा जग्गा रोक्का रहेको हुँदा स्थानीय नीजि घरजग्गा धनीले जग्गा बिक्री तथा बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा समेत लिन पाएका छैनन् ।

उद्यान प्रभावित क्षेत्रका बासिन्दाको यो समस्या समाधानका लागि सबै सरोकारवाला निकायहरुले मुआब्जा रकम उपलब्धताका लागि वन तथा वातावरण मन्त्रालय समक्ष पहल गर्ने समन्वय बैठकले निर्णय गरेको भानुभक्त प्राणी उद्यानका संरक्षण अधिकृत झाले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker