म्याद गुज्रिएको मदिरा विक्री गर्नेलाई दुइ लाख जरिवाना

म्याद गुज्रिएको मदिरा बिक्री वितरण गर्ने व्यवसायीलाई जिल्ला प्रशासन कार्यालय तनहुँले दुइ लाख रुपैयाँ जरिवाना गरेको छ । प्रशासन कार्यालयले व्यास नगरपालिका-४ का श्रीराम खनाललाई रु दुइ लाख जरिवाना गरेको हो ।

व्यास नगरपालिका-३ मा रहेको भानु सप्लायर्सले म्याद गुज्रिएको मदिरा विक्री वितरण गरेको गुनासोका आधारमा प्रशासनले अनुगमन गरेको थियो। त्यसक्रममा प्रशासन कार्यालयले म्याद गुज्रिएका मदिरा जफत गरेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले भानु सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा २ को खण्ड -ठ) बमोजिमको अनुचित कार्य गरेकाले उक्त कसुरजन्य कार्य सोही ऐनको दफा ३८ को खण्ड (ङ) बमोजिम कसुर गरेको ठहर भएकाले सोही ऐनको दफा ३९ को उदफा १ खण्ड (ख) बमोजिम जरिवाना गरिएको जानकारी दिए ।

उक्त जरिवाना सोमबारका मितिले सात दिनभित्र प्रशासन कार्यालयको कोड नम्बर ३१४९२३८०१ को नाममा नेपाल बैंक लिमिटेड दमौली शाखामा राजश्व शीर्षक नम्बर १४३१२ मा जम्मा गर्न निर्देशन दिइएको छ । उक्त अवधिभित्र जरिवाना रकम नबुझाएमा सोही ऐनको दफा ३९ को उपदफा (४) बमोजिम थप कारवाही हुने सहायक प्रजिअ गैरेले बताए ।

उक्त आदेशमा चित्त नबुझेमा आदेश प्राप्त गरेको सात दिनभित्र उल्लेखित जरिवानाको पचास प्रतिशत रकम वाणिज्य विभाग काठमाडौको धरौटी खातामा जम्मा गरेको सक्कलै भौचरको तेस्रो प्रति सहित विभागका महानिर्देशक समक्ष पुनरावलोकनका लागि निवेदन गर्न सकिने जनाइएको छ । व्यवसायीले अब आइन्दा म्याद गुज्रिएका सामग्री विक्री वितरण नगर्ने प्रतिबद्धता जनाएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker