तनहुँको आँवुखैरेनीमा प्रदेशस्तरको औषधि आपूर्ति केन्द्र बनाइने

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित सत्रसयमा गण्डकी प्रदेशस्तरकै एलोपेथिक औषधि आपूर्ति केन्द्र बनाइने भएको छ । यहाँ रहेको तेत्तीस रोपनी जमिनमा गण्डकी प्रदेशको आपूर्ति केन्द्र बनाउन लागिएको हो ।

स्वास्थ्य मन्त्रालयबाट जग्गा प्राप्तिका लागि स्वीकृति पाएपछि प्रक्रिया अघि बढाउने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । “गण्डकी प्रदेश र संघीय सरकारको स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबाट अनुगमन भैसकेकाले छिट्टै केन्द्र निर्माणका लागि प्रक्रिया अघि बढाइने छ ।”

सेभ द चिल्डेनको आर्थिक सहयोगमा एलोपेथिक औषधि बनाएर वितरण केन्द्र बनाउने विषयमा प्रारम्भिक अनुसन्धान भैरहेको पनि उहाँले बताउनुभयो ।

केन्द्रका लागि पन्ध्र रोपनी जग्गा भए पुग्ने भएकाले बाँकी जग्गामा आयुर्वेदिक अस्पताल बनाउन प्रदेश सरकारले चासो देखाएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । सोही स्थानमा मित्रता माविको र आसपास गरी करिब तीन सय रोपनी सार्वजनिक जग्गा रहेकाले पालिकाले प्रदेश सरकारलाई ट्रमा सेन्टर बनाइदिन प्रस्ताव गरेको अध्यक्ष चुमानले जानकारी दिनुभयो ।

स्थानीयस्तरमै उपचारको व्यवस्था गर्न सकिने भएकाले तीनवटै तहका सरकारले ट्रमा सेन्टर निर्माणमा चासो देखाएका उहाँले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker