दमौली वृहत योग विज्ञान शिविर सुरु

भञ्ज्याङ समाचारदाता/दमौली

पतञ्जली योग जिल्ला समिति तनहुँको आयोजना तथा व्यास नगरपालिकाको सहयोगमा दमौलीमा आजदेखि वृहत योग विज्ञान शिविर सुरु भएको छ । योगप्रति सर्वसाधारणलाई आकर्षित गर्ने उद्देश्यसहित व्यास नगरपालिका-३ खुला मैदानमा बृहत् योग विज्ञान शिविर सुरु भएको छ । शिविर वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ ।

‘योग गरौँ : निरोगी रहौँ’ भन्ने नारासहित योगको बारेमा प्रचारप्रसार गर्दै स्वस्थ रहन उत्प्रेरित गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बृहत् योग विज्ञान शिविर व्यवस्थापन समितिका संयोजक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जुनसुकै उमेर र क्षमताका महिला तथा पुरुष निरोगी भएमा सधैँ स्वस्थ रहन, रोगी भएमा रोगबाट छुटकारा पाउन योगको आवश्यकता रहेको श्रेष्ठले बताउनुभयो ।

शरीरमा रक्तसञ्चार बढाउन, शरीरका सबै अङ्गमा अक्सिजनको मात्रा पुर्‍याउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन, विभिन्न प्रकारका रोग जस्तै टाउको दुखाइ, कब्जियत हुने, घुँडा दुखाइ, मधुमेहसम्बन्धी समस्या निराकरणका लागि नियमित योगको आवश्यकता रहेको श्रेष्ठ बताउनुहुन्छ ।

पतञ्जली योग समिति शुक्लागण्डकी, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ र शुक्लागण्डकी नगरपालिकाको संयुक्त आयोजनामा खैरेनीटारमा पनि शुक्रबारदेखि निःशुल्क योग विज्ञान शिविर सुरु भएको छ ।

शुक्लागण्डकी नगरपालिका-७ स्थित सरस्वती नमूना माध्यमिक विद्यालयमा सुरु शिविर वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ। शिविर प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुजित हिराचनले जानकारी दिनुभयो ।

पछिल्लो समय जिल्लामा योगको आकर्षण बढिरहेको छ । पतञ्जली विभिन्न स्थानीय तह र संघसंस्थासँग समन्वय गरी योग शिविर सञ्चालन गर्दै आएको छ । यस अगाडि व्यास नगरपालिकाको सहयोगमा व्यास नगरपालिका-५ चापाघाटमा र आँबुखैरेनी गाउँपालिकाको सहयोगमा आँबुखैरेनी गाउँपालिका-३ रामशाह प्राविमा शिविर सञ्चालन गरिसकेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker