किसानलाई फलफूलको बेर्नामा अनुदान

भञ्ज्याङ समाचारदाता/गोरखा

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्व्यन एकाइ गोरखाले किसानलाई सुन्तला जातका फलफूलको बेर्नामा अनुदान उपलब्ध गराएको छ । परियोजना अन्तर्गत किसानलाई रु १७ लाख ८० हजार रकम उपलब्ध गराइएको हो ।

फलफूलको उत्पादन वृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यसहित परियोजनाले फलफूलका बेर्नामा अनुदान उपलब्ध गराएको परियोजना कार्यालय गोरखाकी प्रमुख वरिष्ठ कृषि अधिकृत पूर्ण ढुङ्गानाले जानकारी दिनुभयो । “किसानलाई फलफूल खेतीतर्फ आकर्षित गर्दै उत्पादन बढाउने परियोजनाको उद्देश्य छ”, उहाँले भन्नुभयो, “सोहीअनुरुप व्यावसायिक रुपमा सुन्तला जातका फलफूलको खेती गर्ने किसानलाई बेर्नामा अनुदान उपलब्ध गराएको हो ।”

परियोजनामार्फत कार्यालयबाट गत आर्थिक वर्षमा कूल २४ हजार एक सय १६ फलफूलका बेर्ना खरिद गरेर वितरण गरेको प्रमुख ढुंगानाले बताउनुभयो । परियोजनाले कृषक समूह, सहकारी, कृषि उद्यमीलाई माग आधारमा मात्र नभई जमिनको क्षमता र आवश्यकताको पहिचान गरी ५० प्रतिशत अनुदानमा फलफूलका बेर्ना वितरण गर्दैआएको छ । कार्यालयले बेर्नामा अनुदान उपलब्ध गराएसँगै गत आवमा जिल्लामा थप ८० हेक्टर जमिनमा सुन्तला खेती गर्ने क्षेत्रफलमा वृद्धि भएको छ ।

परियोजनाले चक्लाबन्दी खेती, नमूना बगैँचा स्थापना तथा क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत किसानलाई बेर्नामा अनुदान उपलब्ध गराएको हो । परियोजना अन्तर्गत गोरखा नगरपालिका, सहिद लखन गाउँपालिका, धार्चे गाउँपालिका, भीमसेनथापा गाउँपालिका, आरुघाट गाउँपालिका तथा पालुङटार नगरपालिकामा कार्यक्रम सञ्चालन गरिएको छ । यस्तै परियोजना अन्तर्गत नै तनहुँको भानु नगरपालिका-११ र बन्दीपुर गाउँपालिका-६ मा पनि उक्त कार्यक्रम सञ्चालन गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker