तनहुँको आवुखैरेनी अस्पतालमा आजबाट स्वास्थ्य बीमा सञ्चालन हुने
भञ्ज्याङ समाचारदाता/आँवुखैरेनी

तनहुँको आँबुखैरेनी अस्पतालमा आज असार १ गतेदेखि स्वास्थ्य बीमा सञ्चालन गरिने भएको छ । गाउँपालिकाले उक्त अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने भएको हो । अस्पतालमा सेवा लिन आउने सर्वसाधारणलाई सहज र सरल रुपमा सेवा दिने उद्देश्य सहित स्वास्थ्य बीमा सञ्चालन गर्न लागिएको अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।
उनले भने, ‘नागरिकहरुलाई स्वास्थ्य सेवा सहज, सर्भसुलभ हिसावले उपलव्ध गराउनुपर्ने हाम्रो दायित्व हो ।’ उक्त अस्पतालमा आफ्नै फार्मेसी सेवा समेत सञ्चालनमा आइसकेको छ । फार्मेसीबाट औषधि खरिद गर्दा दश प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ ।










