व्यास नगर अल्ट्रा म्याराथन–२०८० को उपाधि जुनेसलाई

शहिद दिवसको अवसरमा जिल्लाको व्यास नगरपालिकाले आयोजना गरेको सातौं व्यास नगर अल्ट्रा म्याराथन–२०८०को उपाधि जुनेस खड्काले जितेका छन् । त्रिभुवन आर्मी क्लबका खड्काले व्यास–५ मानहुँकोटदेखि व्यास–८ पुलिमराङसम्मको ४४ किलोमिटर दुरी ३ घण्टा १८ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् ।

२ विदेशी नागरिक सहित ११७ जना धावक सहभागिता रहेको प्रतियोगितामा वैताडीका मोहनदेव जोशी द्वितीय र नेपाली सेनाका करण रावल तृतीय भएका छन् । उनीहरुले उक्त दूरी क्रमशः ३ घण्टा २ मिनेट ३३ सेकेन्ड र ३ घण्टा १० मिनेट २० सेकेन्डमा पूरा गरेका थिए । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका राजन मेयोङ्वा, त्रिभुवन आर्मी क्लबका प्रताप खड्का, सोलुखुम्बुका अर्जुन राई, त्रिभुवन आर्र्मी क्लबका तिलक सुनुवार र दाङका प्रेमबहादुर बस्नेत सान्त्वना भएका छन् ।

प्रतियोगितामा प्रथमलाई ८५ हजार ८०, द्वितीयलाई ६५ हजार ८० र तृतीयलाई ५५ हजार ८० रुपैयाँ सहित मेडल र प्रमाणपत्रले सम्मान गरिएको छ । यस्तै, प्रतियोगितमा सान्त्वना हुने ५ जनालाई जनही १६ हजार ८० रुपैयाँ र प्रमाणपत्रले सम्मान गरिएको छ ।

गत वर्ष जिल्लाभित्रका धावकलाई मात्रै सहभागी गराइएको थियो । गत वर्ष आयोजित म्याराथनको उपाधि व्यास–७ निवासी विशाल गुरुङले जितेका थिए । ४४ किलोमिटरको दूरी ३ घण्टा २९ मिनेट २६ सेकेन्डमा पूरा गर्दै गुरुङले उपाधि जितेका थिए । त्यस्तै व्यास–६ का सहास पन्थ द्वितीय, आँबुखैरेनी गाउँपालिका–१ का सनम गुरुङ तृतीय भएका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले मानहुँकोट पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको र यसले देशको पर्यटन क्षेत्रमा योगदान दिने बताए । उनले भने, ‘प्राकृतिक सुन्दरताले भरिपुर्ण मानहुँकोटले तनहुँको मात्रै नभई देशकै समृद्धिमा टेवा पु¥याउनेछ । यहाँ थप पर्यटकीय पुर्वधार निर्माणमा जोड दिनुपर्छ र यसमा संघ सरकारको पनि साथसहयोग रहने छ ।’

यस्तै, खेलकुद मार्फत मगरहरुको गाउँ मानहुँकोट र सहिद गाउँ पुलिमराङको प्राकृतिक, संस्कृतिक र पर्यटनलाई प्रवद्र्धन गर्न शहिद दिवसको अवसरमा म्याराथन प्रतियोगिता आयोजना गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

करिब ४४ किमि दूरीको म्याराथन मानहुँकोट सिद्धमार्ग हुँदै अलैंचे–चापाघाट पृथ्वीराजमार्ग हुँदै दुर्गा मन्दिर–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक व्यास मार्ग हुँदै बैरेनी कुमालटारी–दुम्सी खहरे–कलेस्ती–बोटेटार–पाथ्रा–सत्रसय–कालिकामार्ग हुँदै बानियाँ हिडी–बर्लाची–सोतीबेसी–बगुवा रिस्ती–बाहुन पोखरा गाडापानी हुँदै पुलिमराङमा पुगेर सम्पन्न भएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker