विद्यार्थीलाई सीपयुक्त शिक्षा

तनहुँको भानु नगरपालिका–९ पुर्कोट डुम्रिखर्कस्थित कालिका माध्यमिक विद्यालयका शिक्षकहरु विद्यार्थीलाई जीवनोपयोगी सीप अन्तर्गत सालको पातबाट टपारी बुन्न सिकाउँदै। शिक्षाको अर्थ किताबी ज्ञान दिनुमात्र नभई बालबालिकालाई दैनिक व्यवहारमा काम लाग्ने जीवनोपयोगी सीपको अभिवृद्धि गराउने उद्देश्यका साथ विद्यालयले विद्यार्थीहरुलाई सीपयुक्त शिक्षा समेत प्रदान गर्दै आएको छ ।
विशेष गरी धार्मिक, अन्य विशेष कार्यमा प्रयोग गरिने टपरी बुन्ने सीप नयाँपुस्तालाई हस्तान्तरण नहुँदा तथा प्लाष्टिक र अन्य भाँडावर्तनको प्रयोग बढ्दै जाँदा टपुरी र टपरी बुन्ने सीप लोप हुँदै गएको छ ।
तस्विर : भञ्ज्याङ