पाहुनालाई खाजा

तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँमा पुगेका पाहुनालाई सालको पातबाट तयार गरिएको टपरीमा स्थानीय उत्पादन कोदोको सेलरोटी तयार गरी खाजा दिदै । मगर समुदायको वाहुल्यता रहेको रामकोटका बासिन्दाले ग्रामीण प्रर्यटन प्रवद्र्धनका लागि होमस्टे (घरबास) कार्यक्रम सञ्चालन गर्दै आएका छन् भने गाउँपालिकाले पनि आवश्यक पूर्वाधारहरु बनाउँदै लगेको छ । ग्रामीण परिवेश, मौलिक रहनसहन, समृद्ध कला–संस्कृति तथा स्वादिलो अर्गानिक खानपानको अनुपम अनुभवसँगै न्यानो आतिथ्यताको अनुभूति गर्न आन्तरिक तथा वाह्य पर्यटक रामकोट पुग्ने गर्दछन् । यस्तै रामकोट लगायत बन्दीपुरका विभिन्न पर्यटकीय गाउँहरूमा पुग्नका लागि अहिले बन्दीपुरबाट æभिलेज सफारीÆ सेवाको समेत व्यवस्था गरिएको छ । तस्विर : भञ्ज्याङ










