तनहुँमा विश्व आदिवासी दिवस मनाइयो (फोटोफिचर)

तनहुँ । तनहुँमा ३०औ विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा विभिन्न समुदायका जनजातिहरुले आफ्नो जातीय पहिचान झल्कने भेषभूषामा सजिएर साँस्कृतिक झाँकी प्रदर्शन, साँस्कृतिक कार्यक्रम तथा जातीय हकहितका विषयमा चर्चा गरिएको छ ।

तनहुँका १० वटै पालिकामा बसोवास गर्ने आदिवासी जनजातिहरुले ३०औं विश्व आदिवासी दिवस मनाएका छन भने नेपाल आदिवासी जनजाति महासंघ व्यास नगर परिषद्ले सदरमुकाम दमौलीमा साँस्कृतिक झाँकी प्रदर्शन गरेको थियो ।

झाँकीमा नगरभित्र बसोबास गर्ने १३ जातिका समुदायको सहभागिता रहेको थियो । व्यास–३ अनसनचौतारीबाट सुरु भएको झाँकी दमौली बजार परिक्रमा गर्दै पुनः सोही ठाउँमा आएर सभामा परिणत भई विविध साँस्कृतिक कार्यक्रम तथा जातीय हकहितका विषयमा चर्चा गरिएको थियो ।

यस्तै, तनहुँका १० वटै स्थानीय तहले विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिएका छन् ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ










