डिजेल चोरी गरेको आरोपमा दुइ पक्राउ

भञ्ज्याङ समाचारदाता/दमौली

डिजेल चोरी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँले दुइ जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका-१० वैरेनी घर भएका ३० वर्षीय अर्जुन विक र सोही ठाउँ बस्ने ३२ वर्षीय लिलामणि दरै रहेका छन् ।

शुक्लागण्डकी नगरपालिका-७ खैरेनीटारस्थित तिम्सिनाचोकमा पार्किङ गरी राखेको कास्कीको पोखरा महानगरपालिका-१४ चाउथे बस्ने लिला लामिछानेको बा२क ३२२८ नम्बरको स्काभेटरको ट्यांकीबाट एक सय ७० लिटर डिजेल चोरी गरेको अभियोगमा प्रहरीले निजहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको प्रहरी टोलीले चोरीमा संलग्न ग१ख ६८०७ नम्बरको टिप्पर सहित दुइ जनालाई एक सय ६५ लिटर डिजेल सहित पक्राउ गरेको खाँणले बताए ।

प्रहरीले निजहरुलाई भिमाद नगरपालिका-७ भिमादचोकबाट पक्राउ गरेको हो । प्रहरीले टिप्परधनी विकको घर खानतलासी गर्दा थप दुइ सय ६५ लिटर डिजेल बरामद गरेको छ । पक्राउ परेका दुवैविरुद्ध तनहुँ अदालतबाट सात दिनको म्याद थप गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker