मुग्लिन–पोखरा राजमार्ग : सेतीमा एक अर्बको लागतमा ‘सिग्नेचर आर्च ब्रिज’ निर्माण गरिँदै

पर्यटकीय सहर पोखराको बजार क्षेत्र प्रवेशको मुख्यद्वार पृथ्वीचोकस्थित सेती नदीमाथि रु एक अर्ब सात करोड २४ लाखको लागतमा ‘सिग्नेचर आर्च ब्रिज’ निर्माण गर्न लागिएको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत उक्त पुल निर्माण गर्न लागिएको हो ।

पोखरा–मुग्लिन राजमार्ग सुधार आयोजना अन्तर्गत पृथ्वीराजमार्गमा निर्माण हुने उक्त पुलको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले आज एक कार्यक्रमबीच शिलान्यान्स गर्नुभयो । आगामी २०८२ भदौसम्म निर्माण सम्पन्न गर्ने उद्देश्यका साथ सो पुल निर्माणको ठेक्का रसुवा कन्स्ट्रक्सन कम्पनीलाई दिइएको छ ।

सेती नदीमा हाल रहेको पुलको दुवैतर्फ थप दुई लेनका एक÷एक पुल निर्माण गरिने मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना पश्चिम खण्डका आयोजना प्रमुख राजेश पौडेलले बताउनुभयो । पुल निर्माणपछि यसले पोखरा पर्यटनको थप गन्तव्य बन्ने विश्वास लिइएको छ ।

प्रमुख पौडेलका अनुसार निर्माण हुने ‘सिग्नेचर आर्च’ पुल विशिष्ट खालको र आकर्षक हुनेछ । उहाँले भन्नुभयो, “पुल निर्मापछि यातायात व्यवस्थापनसहित पोखराको पर्यटन विकासमा समेत मद्दत पुग्नेछ । यो पुल पोखराको सेल्फी ब्रिजका रुपमा चिनिने छ ।”

पृथ्वीचोकमा चार दशकअघि निर्माण गरिएको हालको पुल साँघुरो हुँदा यातायात व्यवस्थापनमा समस्या हुँदै आएको थियो । सडकअनुसार पुल साँघुरेको हुँदा पृथ्वीचोकमा लामो समयसम्म जाम हुने समस्या पुल निर्माणपछि हट्ने विश्वास छ । सोही पुल हुँदै देशका विभिन्न गन्तव्यमा लामो तथा छोटो दूरीका यात्रुवाहक सवारी साधन तथा मालवाहक सवारी दैनिक ओहोरदोहोर गर्दै आएका छन् ।

एक सय ९० मिटरको उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग हुने बताइन्छ । पुल निर्माणको प्रारम्भिक काम भने यसअघि नै सुरु भइसकेको छ । निर्माण कम्पनीका इन्जिनियर सुदर्शन देवकोटाले स्थानीयस्तरमा समस्या नआएको खण्डमा पुल तोकिएको मितिमै सम्पन्न हुने बताउनुभये । उहाँले भन्नुभयो, “काममा कुनै बाधा आएन भने निर्धारित समयमै पुल बन्छ । निर्माण कम्पनीका तर्फबाट हामी प्रतिबद्धता गर्न चाहन्छौँ ।”

कार्यक्रममा मन्त्री ज्वालाले सेती नदी ऐतिहासिक र प्रकृतिको अनुपम उदाहरण रहेको उल्लेख गर्दै आकर्षक पुल निर्माणले पोखरामा थप सौन्दर्य थपिने बताउनुभयो । उहाँले पुल निर्माणमा स्थानीय र प्रदेश सरकारबाट निर्माण व्यवसायीलाई सहयोग हुने भएकाले समयमै सम्पन्न गर्न आग्रह गर्नुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker