पत्रकार लामिछानेलाई धम्की दिएकोप्रति महासंघद्वारा खेद व्यक्त

भञ्ज्याङ समाचारदाता/दमौली

अनलाइन खबर र पब्लिक फोरके टेलिभिजनका संवाददाता सविन लामिछानेलाई सवारी चालक सुजन श्रेष्ठले धम्की दिएकोप्रति नेपाल पत्रकार महासंघ तनहुँले खेद व्यक्त गरेको छ ।

व्यास-६ सिन्धु मार्गमा चल्ने ग१ज ७५०५ नम्बरको सवारीसाधनले क्षमता भन्दा बढी यात्रु बोकेको समाचार प्रकाशन गरेपश्चात श्रेष्ठले लामिछानेलाई धम्की दिएको भन्दै खेद व्यक्त गरिएको हो ।

श्रेष्ठले लामिछानेको घरमा पुगी बाबुआमालाई गालीगलौज गरी ज्यान मार्ने धम्की दिएको जनाइएको छ । उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै महासंघले दोषीलाई कारवाहीको माग गरेको छ । लामिछानेले बुधबार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै जिउज्यानको सुरक्षाको माग गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker