तनहुँको व्यास-१४ मा सेनेटरी प्याड बनाउने तालिम सञ्चालन

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-१४ केशवटारमा महिलाहरुलाई सेनेटरी प्याड बनाउने तालिम सञ्चालन गरिएको छ । साना किसान सामुदायिक सिकाई केन्द्रले स्थानीय महिलाहरुलाई तीन दिने सेनेटरी प्याड बनाउने तालिम सञ्चालन गरेको हो ।

सिकाई केन्द्रकी अध्यक्ष सरास्वती थापाको अध्यक्षता आयोजित तालिमको शुभारम्भ गर्दै वडा अध्यक्ष काजीमान श्रेष्ठले वातावरणीय अनुकुल सेनेटरी प्याड बनाउने तालिमले महिलाहरुलाई सहज हुने विश्वास व्यक्त गरे ।

महिलाहरुका लागि अत्यावश्यक मानिएको सेनेटरी प्याडमा धेरै रकम खर्च हुने गरेको तर यसको उपयोगमा ध्यान नदिंदा स्वास्थ्यमा जटिल समस्या भोग्नुपरेको अवस्थालाई ख्याल गर्दै तालिम सञ्चालन गरिएको केन्द्रकी अध्यक्ष थापाले बताइन् ।

स्वास्थ्य अनुकुल सेनेटरी प्याड हामी आफैले बनाउन सकिन्छ र त्यो पनि ४ वर्षम्म नियमित सफा गरी पुनः प्रयोग गर्न मिल्ने हुँदा यसले महिलाहरुको स्वास्थ्यसंगै आर्थिक पाटोलाई पनि बलियो बनाउन टेवा पुग्ने अध्यक्ष थापाले विश्वास व्यक्त गरिन् ।

‘महिलाको संवेदनशील अंगसंग जोडिएको विषयमा सबै गम्भिर बन्नुपर्छ’, अध्यक्ष थापाले भनिन्, ‘यो तालिमले केशवटारका महिलालाई सकारात्मक प्रभाव पार्ने छ । सिक्ने र सिकाउने तालिमले हाम्रो स्वास्थ्यसँगै आय आर्जनलाई पनि जोड्ने मद्दत पुग्ने छ ।’

कार्यक्रममा व्यास-१४ का वडासदस्य दुर्गा वहादुर आलेले सेनेटरी प्याडका तालिम टोल स्तरसम्म विस्तार गर्नुपर्ने बताए । यो जीवन उपयोगी सिकाई र बुझाई वडा नं. १४ को घरघरमा पुर्‍याउने र स्वास्थ्यसँग सम्वन्धित जनचेतना समेत जगाईने आलेले बताए । तालिममा स्थानीय १५ जना महिलाहरुको सहभागिता रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker