जब मोबाइलमा आफ्नै अश्लील भिडियो आयो…

काठमाडौं । नुवाकोट स्थायी घर भएका १९ वर्षीय कविराज तामाङको १६ वर्षीया ‘थानकोट–८’ सँग चार वर्षअघि चिनजान भयो । डेरा नजिकै भएकाले सामान्य देखादेख हुँदै उनीहरु सामाजिक सञ्जाल फेसबुकमार्फत नजिकिएका थिए ।

त्यसक्रममा एकअर्काको मोबाइल नम्बर आदानप्रदान गरे । कुराकानी बाक्लिन थालेपछि उनीहरु प्रेम सम्बन्धमा पनि गाँसिए । त्यसपछि पीडित किशोरी कहिलेकाहीँ तामाङको घरमा आएर पनि बस्थिन् । त्यसक्रममा उनीहरुबीच शारीरिक सम्बन्ध समेत हुने गरेको थियो ।

प्रहरीका अनुसार, त्यसबेला तामाङले पीडितलाई थाहै नदिई उनीहरुबीच शारीरिक सम्बन्धको भिडियो पनि बनाउने गरेका थिए ।

तामाङले भने प्रहरीसँग पीडित आफैंले फोन, म्यासेन्जरमा कुरा हुँदा अश्लील भिडियो र फोटो पठाउने गरेको दाबी गरेका छन् । आफूले भनेपछि त्यसरी भिडियो पठाउने गरेको उनले बताएका प्रहरी अधिकारी बताउँछन् ।

तर, दुई जनाबीचको सम्बन्ध लामो समयसम्म उस्तै रहेन । एक वर्षपछि दुईबीचको सम्बन्ध बिग्रियो । फोन, कल र म्यासेज सबै बन्द भयो ।

दुई महिनाअघि एक्कासी पीडित किशोरीको मोबाइलमा आफ्नो अश्लील भिडियो देखापर्‍यो । स्कुलका साथीले भिडियो पठाएपछि उनले कहाँबाट आयो भनेर सोधीखोजी गर्न थालिन् ।

त्यसक्रममा तामाङले त्यो भिडियो उनलाई दिएको खुल्यो । तामाङले प्रहरीमा दिएको बयान अनुसार, एक दिन उनी पीडितका स्कुले साथी सिजल नकर्मीसँग मादक पदार्थ सेवन गरेर बसेका थिए ।

‘त्यसबेला मैले शारीरिक सम्पर्क राखेको र भिडियो समेत बनाएको कुरा गरेको थिएँ, मोबाइलमा भएको ४/५ वटा उसँगको नग्न भिडियो समेत देखाएको थिएँ’, उनले भनेका छन्, ‘त्यसबेला उनले म्यासेन्जरमा पठाइदिन भनेका थिए, मैले पठाएको थिएँ ।’

नकर्मीबाहेक अरु कसैलाई पनि भिडियो नपठाएको उनले भनेका छन् । यद्यपि, नकर्मीले भने त्यो भिडियो सामाजिक सञ्जाल टेलिग्राम र फेसबुकमा ग्रुप बनाएर पठाइदिएको खुलेको छ । त्यसरी भिडियो पोष्ट भएको आफूले अरु साथीहरुमार्फत थाहा पाएको उनले भनेका छन् ।

नकर्मीले भने तामाङले नै आफूलाई म्यासेन्जरमार्फत भिडियो पठाएको दाबी गरेका छन् ।

‘पीडित बालिका मेरो नजिकको साथी भएकाले मैले उक्त भिडियो हेरेर पीडित बालिकाको म्यासेन्जरमा पठाएर तिमीले यस्तो भिडियो किन बनाएको हो भनेर गालीसमेत गरेको थिएँ’, उनले दाबी गरेका छन् ।

पीडितले भने तामाङले आफूलाई म्यासेन्जरमा फोन गरेर डर, त्रास देखाएर नग्न भिडियो पठाउन लगाउने गरेको बयान दिएकी छन् ।

‘म बाध्य भएर मैले मेरो मोबाइलबाट समेत खिचेर प्रतिवादी तामाङको मोबाइलमा पठाउने गरेको थिएँ’, उनले भनेकी छन्, ‘पछि उनले जबरजस्ती करणी गर्दै आएको कुरा कसैलाई भने भिडियो सामाजिक सञ्जालमा पोष्ट गरिदिने भन्दै थप करणी गर्दै आएका थिए ।’

तामाङको धम्कीपछि डरमा परेर आफूले कसैलाई भन्न नसकेको उनले भनेकी छन् । भिडियो सार्वजनिक भएपछि उनले परिवारका सदस्यको सहयोग लिएर प्रहरी वृत्त, थानकोटमा जाहेरी दिएकी थिइन् ।

त्यसक्रममा तामाङविरुद्ध जबर्जस्ती करणी र नकर्मीविरुद्ध विद्युतीय कारोबार ऐनविरुद्धको कसूरमा कारबाही प्रक्रिया अघि बढाएको छ । अनलाइनखबर

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker