ऐनापहरामा आँवुखैरेनीको “एक कर्मचारी, एक फूलको बिरुवा” रोप्ने अभियान

जिल्लाको आँबुखैरेनी गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा गाउँपालिका अन्तर्गतका कर्मचारीको व्यक्तिगत खर्चमा फूलको बिरुवा रोपिने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माको अध्यक्षतामा बुधबार बसेको कर्मचारीको बैठकले ऐनापहरालाई सुन्दर बनाउन एक कर्मचारी एक फूलको बिरुवा रोप्ने निर्णय भएको हो ।

ऐनापहरा आन्तरिक तथा बाहृय पर्यटकको गन्तव्यस्थलका रुपमा विकास भइरहेकाले यसको सौन्दर्यता कायम गर्न कर्मचारीको व्यक्तिगत खर्चमा गमलासहितको फूलको बिरुवा रोप्ने निर्णय भएको शर्माले जानकारी दिए । त्यसका लागि गाउँपालिकाका कर्मचारीको सहभागितामा ऐनापहरामा सरसफाइ कार्यक्रम आयोजना गरिएको छ ।

पृथ्वीराजमार्गको आँबुखैरेनी गाउँपालिका-२ मा अवस्थित उक्त ठाउँ पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ । राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीयस्थलको रुपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन उद्यान निर्माणको काम जारी छ ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानमा लागिएको बताए । चुमानका अनुसार गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृति खोपेपछि यस ठाउँमा घुम्न आउनेको संख्या बढेको छ । यहाँ दैनिक दुइ सयभन्दा बढी पर्यटक घुम्नका लागि आउने गरेका छन् ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ऐनापहरामा उद्यान निर्माण थालिएको छ । उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker