६२० मा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा ६२० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार ८४६ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ६५१ जनाको पिसीआर र तीन हजार १९५ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २९७ कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ७० हजार ६२ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव तीन प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २५ हजार ४३६ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ५६७ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९६७ पुगेको छ । होम आइसोलेशनमा चार हजार ४२४, संस्थागत आइसोलेशन १४३ र आइसियू ३३ र भेन्टिलेटरमा पाँच सङ्क्रमित रहेका छन् ।

हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा २०० भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ र कास्की छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, कालिकोट, मुगु, हुम्ला, बाजुरा, दार्चुला र बझाङ रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार ६०५ र ललितपुर ५०५ र भक्तपुरमा ३७ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker