२० दिनपछि ऋषिङको मुख्य सडक खुल्यो

भञ्ज्याङ समाचारदाता/ऋषिङ

तनहुँको ऋषिङ गाउँपालिका जाने मुख्य सडक २० दिनपछि पूर्ण रुपमा सुचारु भएको छ । गत असार २४ गते आएको पहिराले अवरुद्ध भएको श्रृङ्गपथ विहीबारबाट पूर्ण रुपमा सञ्चालनमा आएको हो । पहिराका कारण उक्त सडकखण्डको ऋषिङ गाउँपालिका-८ अजम्बरीभिर पूर्ण रुपमा बन्द थियो । पहिरो हटाएर उक्त खण्ड नियमित गरिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । गाउँपालिका जाने मुख्य सडकखण्ड पहिराले
अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती झेल्दै आएका थिए ।

‘गाउँपालिकाकै पहलमा विहीबारबाट पहिरा हटाइ ठूला सवारी साधनसमेत सञ्चालन भइसकेको छ, ठूलो पहिरा भएका कारण पूर्ण रुपमा सुचारु गराउन समय लाग्यो’, दरैले भने । उक्त खण्ड पहिराले अवरुद्ध हुँदा झापुटार हुँदै सर्वसाधारण गाउँपालिकासम्म जानुपर्ने बाध्यता थियो ।

असारमा आएको पहिराले जिल्लाका अधिकांश ग्रामीण भेगका सडक अवरुद्ध भएका थिए । अधिकांश स्थानमा पहिरा हटाएर बाटो नियमित भएको छ भने अझै पनि केही ठाउँमा पहिरो हटाउन बाँकी छ । अविरल झरीसंगै आएको बाढीपहिरोका कारण ऋषिङका दुइ जनाको मृत्यु भएको छ भने दर्जनौ घरपरिवार विस्थापित भएका छन् । पहिरोका कारण कृषि, पशुपालनका क्षेत्रमा पनि ठूलो क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker