नेपाली सेनाद्वारा दमौलीमा विपद् प्रतिकार्य सम्बन्धी सचेतना

दमौली : नेपाली सेनाको कालीभञ्जन गण (इ) ले व्यास नगरपालिकाका जनप्रतिनिधिलाई बिहीबार सामुदायिक विपद् प्रतिकार्य सम्बन्धी सचेतनामूलक जानकारी प्रदान गरेको छ । व्यास नगरपालिका–५ चापाघाटस्थित गणले नगरपालिकाका १४ वटै वडाका जनप्रतिनिधिलाई विपद् प्रतिकार्य सम्बन्धी सचेतना प्रदान गरेको हो ।
समुदायमा हुने विपद्का घटना न्यूनीकरणका लागि गर्नुपर्ने कामका बारेमा जानकारी दिन गणले सचेतनामूलक कार्यक्रम गरेको गणका गणपति प्रमुख सेनानी बसन्त कार्कीले जानकारी दिए । त्यसक्रममा विपद्का बेला प्रयोग गरिने सामग्री समेत प्रदर्शन गरिएको थियो ।
विपद् प्रतिकार्यका लागि उद्धारमा खटिने पहिलो उद्धारकर्ता समुदायका व्यक्ति भएकाले प्रतिकार्य सम्बन्धी सचेतना दिइएको गणले जनाएको छ । त्यसक्रममा करिब ४० जनाको सहभागिता रहेको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker