अन्तरराष्ट्रिय बालिका दिवसको अवसरमा वादविवाद प्रतियोगिता

११औं अन्तरराष्ट्रिय बालिका दिवसको अवसरमा अन्तर बिद्यालय वादविवाद प्रतियोगिता कार्यक्रम सम्पन्न गरिएको छ । ‘हाम्रो पालो अहिले हो : हाम्रो अधिकार, हाम्रो भविष्य’ भन्ने मुल नाराका साथ रुम टु रिड (पढ्नको लागि कोठा) र व्यास नगरपालिकाको आयोजनामा शुक्रबार उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त प्रतियोगितामा पाँच पालिकाका १२ वटा विद्यालयबाट २२ जना विद्यार्थीको सहभागिता थियो । ‘किशोरावस्थामा सामाजिक सञ्जालको प्रयोग : हानिकारक वा उपयोगी’ भन्ने विषयमा विद्यार्थीहरुले पक्ष र विपक्षबाट आ–आफ्नो तर्क प्रस्तुत गरेका थिए ।

वादविवाद प्रतियोगितामा छात्रातर्फ निर्मल माध्यमिक विद्यालयका कश्मी दवाडी प्रथम, शिव माध्यमिक विद्यालयका सुष्मा दरै द्धितिय, सत्यवती माध्यमिक विद्यालयका नन्दिता ढकाल तृतिय र शुक्ला माध्यमिक विद्यालयका मनिता राना सान्त्वना भएको बालिका शिक्षा कार्यक्रमका कार्यक्रम सहायक मिना मझाकोटीले बताइन् । यस्तै, छात्रतर्फ निर्मल माध्यमिक विद्यालयका आर्यन न्यौपाने प्रथम, सत्यवती माध्यमिक विद्यालयका विपिन श्रेष्ठ द्धितिय, शिव माध्यमिक विद्यालयका विमल नेपाली तृतिय र महेन्द्र माध्यमिक विद्यालयका सुदिप वि.कले सान्त्वना स्थान हासिल गरेका थिए । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेलाई शैक्षिक सामाग्री र ट्रफीबाट पुरस्कृत गरिएको थियो भने सान्त्वना हुनेलाई शैक्षिक सामाग्रीबाट पुरस्कृत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले मौलिक र रचनात्मक प्रस्तुति दिएकोमा सबै बालबालिकालाई धन्यवाद दिएका थिए । ‘अहिलेको युग प्रविधिको युग हो । सबैले प्रयोग गर्ने सामाजिक सञ्जालको फाइदा र बेफाइदाका बारेमा बुझिरहनु आवश्यक छ’, उनले भने, ‘अझ विद्यार्थीहरुले यसको राम्रो र नराम्रो दुवै पक्ष बुझेर सामाजिक सञ्जालको दुरुपयोग गर्नबाट सचेत रहन आवश्यक छ ।’

उक्त कार्यक्रममा व्यास नगरपालिकाका उप–प्रमुख इन्दिरा दरै, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख बसन्तराज पौडेल, प्रशासकीय अधिकृत हरि नागिला, शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख नविन पराजुली, महिला तथा बालबालिका उपशाखा प्रमुख राधा आचार्यलगायतले यस्ता प्रतियोगिताले बिद्यार्थीमा किताबी ज्ञान संगसंगै बहिरी ज्ञान पनि हुने बताएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker