आन्तरिक पर्यटकले भरिभरौ बन्दीपुर (तस्विरहरु)

बन्दीपुर : बन्दीपुरको सुस्ताएको पर्यटन पछिल्लो समय लयमा फर्कने थालेको छ । जेन–जी आन्दोलन पछि सुस्ताएको यहाँको पर्यटन सप्ताहन्त तथा बिदाका दिनमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको हो ।

विभिन्न विद्यालय, संघ–संस्थाहरुको शैक्षिक भ्रमण र परिवारिक घुमफिरका लागि बन्दीपुर आउने गरेको पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताए । ‘दैनिक ५ सय जनाको हाराहारीमा आन्तरिक पर्यटक आउने गर्नुहुन्छ’, उनले भने, ‘अग्रिम बुकिङ गरी बाह्य पर्यटकहरु पनि आउनुहुन्छ । बिदाका दिनहरुमा बन्दीपुर बजार आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुन्छ ।’

यस्तै, बन्दीपुर घुम्न आउने पर्यटकहरुका लागि व्यवसायीहरुले विभिन्न जातजातिका संस्कार संस्कृति झल्कने पोसाक राखेका उनले बताए । ‘विभिन्न जातजातिका पोसाक लगाएर युवायुवतीहरु बजार लगायतका आसपासका क्षेत्रहरूमा तस्बिर तथा भिडियो बनाउने गर्छन्’, उनले भने, ‘यसले पनि पर्यटकलाई थप आकर्षण गरेको पाएका छौं ।’

पछिल्ला वर्षहरूमा बन्दीपुर आन्तरिक पर्यटकहरूको प्रमुख रोजाइमा परेको तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाईका अध्यक्ष धनश्याम उपाध्यायले बताए । ‘अहिलेका मानिसहरु कमाउने र रमाउने प्रवृतिका हुन्छन्’, उनले भने, ‘सफा र सुन्दर वातावरण, पुरानो नेवारी बस्ती र नजिकको गन्तव्य भएकाले बन्दीपुर पर्यटकको रोजाइमा पर्न थालेको छ ।’

बन्दीपुरमा पर्यटन आकर्षणका लागि थानीमाई मन्दिर, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, ९ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा सयर, पुष्पलाल स्मृति उद्यान, मुकुन्देश्वरी उद्यान, सिसाको पुललगायतका संरचना निर्माण गर्ने योजनालाई अगाडि बढाइएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत डुम्रेबाट करिब ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरी लगायतका हिमश्रृंखला देख्न सकिन्छ । कोलाहलमुक्त शान्त वातावरणमा रमाउन चाहने पर्यटकका लागि उकृष्ट गन्तव्यका रुपमा बन्दीपुर परिचित छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker