तनहुँको देवघाटमा बोलबम मेला सुरु (फोटोफिचर सहित)

भञ्ज्याङ न्यूज

तनहुँको पवित्र धार्मिक स्थल देवघाट धाममा बोलबम मेला सुरु भएको छ । साउन महिनाको पहिलो सोमबार आज बोलबम मेला भर्न आउने भक्तजनको उल्लेख्य सहभागिता रहेको छ ।

कोभिड-१९ का कारण विगत दुइ व्षदेखि हुन नसकेको बोलबम मेला यसवर्ष सञ्चालन गरिएको हो । तनहुँ, चितवन र नवलपुरको संगमस्थल देवघाटमा साउनको सोमबार उत्सवका रुपमा मनाइने बोलबम मेलाले देघाट धाममा भक्तजनहरुको चहलपहल बढेको छ ।

बोलबम मेलालाई लक्षित गरी देवघाट धाम क्षेत्रमा आवश्यक सम्पूर्ण तयारी गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले बताए ।

उनले भने, ‘भक्तजन धेरै आउने भएकाले स्नान क्षेत्र तथा भक्तजन बस्ने ठाउँलाई उज्यालो बनाउन बत्ती जडान गरेका छौं ।’ बोलबम मेला अवधिमा करिब एक लाख ५० हजार भक्तजन आउने अनुमान गरिएको छ ।

मेला भर्न अन्य सोमबार २० हजार हाराहारी र अन्तिम सोमबार ५० हजारभन्दा बढी भक्तजन आउने अनुमान गरिएको कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले बताए ।

घिमिरेले भक्तजनको सुरक्षाका लागि तनहुँ र चितवन प्रशासन तथा प्रहरीसँग समन्वय गरिएको बताए । स्नान क्षेत्रमा उद्वारका लागि बोटे समाज, शसस्त्र र नेपाली सेनाका उद्वारक टोली परिचालन गरिएको छ ।

सोमबार बिहानै स्नान गर्नका लागि आइतबार साँझ देवघाट जाने भक्तजनलाई गलेश्वर, हरिहर, महेश आश्रम लगायतका आश्रम तथा मन्दिरले निःशुल्क खाना तथा बसोबासको व्यवस्था मिलाएको थियो ।

साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ । साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ ।

यसवर्षसाउनमा पाँच सोमबार परेकाले धेरै भक्तजन आउने अनुमान गरिएको छ ।

तस्विर सौजन्य : बिहानी मिडीया/देवघाट

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker