दमौलीका व्यवसायीलाई चुनाव लाग्यो

भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँ उद्योग वाणिज्य संघको चुनाव नजिकिएसंगै जिल्लाका व्यवासयीहरुलाई चुनावले तताएको छ । संघले अहिले जिल्लाका बजार क्षेत्रमा खडा गरिएका इकाईहरुको साधारण सभा र अधिवेशन कार्यलाई तीब्रताका साथ अगाडि बढाएको छ । जिल्लाका अधिकांश बजार क्षेत्रका इकाईहरुमा नयाँ कार्यसमिति चयन गरिसकिएको छ भने सदरमुकाम दमौलीको बजार इकाईको अधिवेशन आज शुक्रबार र शनिबार सम्पन्न गरिदै छ ।

इकाईको नेतृत्व लिनका लागि आकांक्षीहरुले घरदैलो अभियान शुरु गरेका छन् । हालका कोषाध्यक्ष विन्दु श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आफ्नो पक्षमा मत मागदै घरदैलो पुगेका छन् । इकाईको अध्यक्ष पदका लागि हालका उपसभापति सुकनारायण मल्ल, सचिव दधिराज घिमिरे, भूपाल आले लगायतका व्यवसायीहरु आकांक्षी देखिएका छन् ।

यस्तै, दमौली वजार इकाईको २५औं साधारण सभा तथा ११औं अधिवेशनमा हर्षमान श्रेष्ठ साइरामले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । विहीबार एक कार्यक्रमका बीचमा श्रेष्ठले बजार इकाईलाई सशक्त बनाउन आफुले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । लामो समयसम्म तनहुँको दमौलीमा कार्यथलो बनाएर व्यापार व्यवसाय गर्दै आएका श्रेष्ठले व्यवसायीको हकहितको लागि उम्मेदवारी रहने बताएका छन् ।

व्यापार व्यवासाय राज्यको अर्थतन्त्रको मुल मेरुदण्ड हो तर यसको सहि व्यवस्थापन हुन नसक्दा व्यवसायीहरु धरासायी हुन लागेको भन्दै व्यवसायीको हक हित र उत्थानका लागि आफुले पहल गर्ने बताएका छन् । व्यापार, व्यवसाय समृद्ध भएमात्र राज्यको अर्थतन्त्र पनि उकासिने हुँदा त्यसलाई व्यवस्थित गर्नका पनि आफनो उम्मेदवारी रहेको बताउँदै उनले अव्यवस्थित बजारलाई व्यवस्थित गर्ने, राज्यद्वारा लागु गरिएको कर नितीलाई व्यवासयीमुखी बनाउने दीर्घकालिन योजना बनाएको दाबी गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker