रुखले च्यापिएर एक पुरुषको मृत्यु

दमौली : तनहुँको भिमादमा रुख काट्ने क्रममा रुखले च्यापिएर एक पुरुषको मृत्यु भएको छ ।

भिमाद नगरपालिका–६ रंगशाला नजिकै सिसौ घारीमा रुख काटी डोरीले तान्ने क्रममा अचानक सोहो रुखले च्यापिएर भिमाद–६ मालेबगर बस्ने ५८ वर्षीय सेर बहादुर कुमालको मृत्यु भएको तनहुँका प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जानकारी गराएका छन् ।

उनका अनुसार विहीबार बिहान करिब १०ः१५ बजेको समयमा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परि घाइते भएका कुमालको भिमाद स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको थियो ।

उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक रायले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker