बाढीले भत्काएको सडक मर्मत

तनहुँको भानु नगरपालिका–१२ स्थित कस्र्याङ्दी खोलामा आएको बाढीले खोला वरपार गर्ने सडक भत्काएपछि मर्मत सुधार गर्दै स्थानीय । वर्षाद्का कारण बाढीपहिराले बिग्रिएका ग्रामीण सडक आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिका, प्रदेश र संघीय सरकारबाट विनियोजित बजेटबाट वडाले प्राविधिक टोलबाट लागत इस्टिमेट गरी मर्मत सुधार तथा सरसफाई कार्यक्रम सुरुवात गरिएको वडा अध्यक्ष वेलबहादुर अधिकारीले जानकारी गराए । तस्विर : भञ्ज्याङ










