तनहुँ प्रहरीद्वारा विभिन्न मुद्दाका ११ फरार प्रतिवादी पक्राउ

भञ्ज्याङ समाचारदाता 

जिल्ला प्रहरी कार्यालय तनहुँले ११ फरार प्रतिवादीलाई विहीबार पक्राउ गरेको छ । बैकिङ कसुर, सवारी ज्यान, सम्बन्ध विच्छेद, जारी मुद्दा र नाता कायम मुद्धाका प्रतिवादीलाई पक्राउ गरिएको तनहुँ प्रहरीले जनाएको छ । बैकिङ कसुर मुद्दामा म्याग्दे गाउँपालिका-१ का चामबहादुर थापा पक्राउ परेका छन् । उच्च अदालत पाटनले वि.सं. २०७६ माघ १७ गतेको थापालाई दुइ लाख रुपैयाँ जरीवानाको फैसला सुनाएको थियो।

त्यस्तै सवारी ज्यान मुद्दामा भएको फैसलामध्ये आठ दिन कैद र दुइ हजार रुपैयाँ जरीवाना तिर्न बाँकी रहेका एक, सम्बन्धविच्छेद मुद्दामा फरार सात, जारी मुद्दामा एक र नाता कायम मुद्दाका एक प्रतिवादी पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी गराएका छन् ।

पक्राउ गरिएका सबैलाई कैद तथा जरीवाना भुक्तानका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका प्रतिवादीलाई पक्राउ गर्न तनहुँ प्रहरीले अभियाननै चलाएको छ ।

चोरी भएका ५ मोबाइल सम्बन्धित धनीलाई हस्तान्तरण

चोरी भएका मोबाइल खोजी गरी सम्बन्धित धनीलाई तनहुँ प्रहरीले हस्तान्तरण गरेको छ । बिभिन्न मितिमा बिभिन्न स्थानबाट हराएका तथा चोरी भएका ५ वटा मोबाइल बुझाइएको प्रवक्ता तिमिल्सिनाले जानकारी गराएका छन् । हराएका मोबाइलहरु खोजी गरी पाउँ भनी परेका निवेदनहरु उपर अनुसन्धानको क्रममा हराएका तथा चोरी भएका भनिएका मोबाइलहरु मध्ये हराएको २ महिना पछि विभिन्न कम्पनीका अन्दाजी ९१ हजार मूल्य बराबरका ५ थान मोबाइलहरु फेला पारी सम्बन्धित मोबाइल धनीलाई बुझाईएको तनहुँ प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker