तनहुँमा सात हजारलाई बुस्टर डोज, २९ हजार बालबालिकालाई मोडर्नाको खोप लगाइयो
भञ्ज्याङ समाचारदाता/दमौली

जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जिल्लाका ७ हजार ४३२ जनालाई कोरोना विरुद्धको खोपको तेस्रो मात्रा (बुस्टर) खोप लगाएको छ । कोभिडसिल्डको तेस्रो मात्रा लगाउनेको संख्या छ हजार २५३, एक हजार १७५ ले भेरोसेल र चार जनालाई जोन्सनको तेस्रो मात्रा खोप लगाइएको कार्यालयका खोप अधिकृत शंकरबाबु अधिकारीले बताए ।
जिल्लाका १० वटै पालिकाका २९ हजार हजार १६० जना बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोपको पूरा मात्रा लगाएको लगाइएको छ । पहिलो मात्रा लगाउनेको संख्या भने ३४ हजार ३०३ रहेको र १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई सम्बन्धित विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको खोप अधिकृत अधिकारीले बताए ।
खोप अधिकृत अधिकारीका अनुसार भानु नगरपालिकाका तीन हजार ३९, व्यास नगरपालिकाका सात हजार ६५१, शुक्लागण्डकी नगरपालिकाका पाँच हजार ६०० र भिमाद नगरपालिकाका दुइ हजार ७०० बालबालिकाले पूरा मात्रा लगाएका छन् ।
म्याग्दे गाउँपालिकाका एक हजार ४०४, घिरिङ गाउँपालिकाका एक हजार २०८, ऋषिङ गाउँपालिकाका दुइ हजार २१, देवघाट गाउँपालिकाका एक हजार ४५४, बन्दीपुर गाउँपालिकाका एक हजार ७०४ र आँबुखैरेनी गाउँपालिकाका दुइ हजार ३७९ बालबालिकाले पूरा मात्रा लगाएका छन् ।
पहिलो मात्रा लगाउनेको संख्या भने भानुमा तीन हजार ४८०, व्यासमा दश हजार ८०, म्याग्देमा एक हजार ५७७, शुक्लागण्डकीमा ६०० हजार ११०, भिमादमा तीन हजार ४७, घिरिङमा एक हजार ४१२, ऋषिङमा दुइ हजार १६९, देवघाटमा एक हजार ७२९, बन्दीपुरमा दुइ हजार ५३ र आँबुखैरेनीमा दुइ हजार ७४६ रहेका छन् ।
यस्तै, १८ वर्षभन्दा माथिका दुइ लाख बढीले कोभिड विरुद्धको खोपको पूरा मात्रा लगाएको कार्यालयले जनाएको छ । भानुका २६ हजार २५०, व्यासका ५५ हजार ७७९, म्याग्देका १४ हजार ३९, शुक्लागण्डकीका ३६ हजार ५४६ ले पूरा मात्रा खोप लगाएका छन् ।
भिमादका १७ हजार ८९३, घिरिङका आठ हजार ५५३, ऋषिङका ११ हजार २२४, देवघाटका आठ हजार ९४१, बन्दिपुरका ११ हजार ८४९ र आँबुखैरेनीका १५ हजार ८८७ ले पूरा मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो समय जिल्लामा कोरोना संक्रमणको संख्या घट्दै गएको । स्वास्थ्य कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा अहिले ४६ जना सक्रिय संक्रमित रहेका र उनिहरु होम आइसोलेसनमा बसेका छन् । संक्रमण घट्दै गएपछि आइतबारबाट जिल्लाका सबै शिक्षण संस्था, धार्मिक स्थल लगायतका क्षेत्र खुल्ला गरिएको छ ।










