राजनीतिक स्थिरताका लागि कांग्रेस र एमालेको सरकार : सञ्चारमन्त्री गुरुङ

दमौली : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक स्थिरता र आर्थिक अनुशासनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सरकार गठनमा सहमति बनेको बताएका छन् । नेकपा (एमाले)का उपमहासचिव समेत रहेका गुरुङले पार्टी कार्यालय तनहुँमा शनिबार आयोजित भेटघाटमा देशलाई संकट परेका बेला दुई ठूला दल सधैँ मिल्दै आएको बताए ।
राजनीतिलाई स्थायीत्व दिँदै जनतामा रहेको निराशा चीर्नका लागि दुई पार्टी मिलेर सरकार सञ्चालन गरेको बताउँदै मन्त्री गुरुङले भने, “वर्षैपिच्छे सरकार परिवर्तन हुँदा जनतामा एकखालको निराशा छाएको थियो । दुई ठूला पार्टी मिलेर देशलाई स्थिरतातर्फ लैजाने प्रयास गरेका हौँ ।”
दुई ठूला पार्टीको सरकार बन्दै चमत्कारका काम नभए पनि अर्थतन्त्रमा देखिएका समस्या बिस्तारै समाधान हुँदै गएको उनको दाबी थियो । उनले भने, “जहाँजहाँ समस्या थियो, त्यस क्षेत्रमा समाधानका प्रयास भएका छन् । सरकार ठीक ढङ्गले लयमा अगाडी बढेको छ ।”
जनअपेक्षा अनुसारका काम गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री गुरुङले भने, “संविधान पनि कांग्रेस एमाले मिलेर बनाएका हौँ । पञ्चायत विरुद्धको आन्दोलनमा पनि हामी सँगै थियो । जबजब देशलाई आवश्यकता पर्दछ, हामी एकसाथ हुन्छौँ ।” सरकार सञ्चालनमा एकसाथ तर चुनावमा प्रतिस्पर्धा गर्नेगरी अगाडि बढिएको मन्त्री गुरुङको भनाइ थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker