प्रेस चौतारी नेपालको ११ बुँदे काठमाडौं घोषणा पत्र जारी (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेनिकट पत्रकार संगठन प्रेस चौतारी नेपालले ११ बुँदे काठमाडौं घोषणापत्र–२०८१ जारी गरेको छ ।

चाैतारीकाे केन्द्रीय समितिकाे बैठकले तयार गरेकाे घाेषणापत्रमा जारी भएाे हाे । शुक्रबार जारी घोषणापत्रमा श्रमजीवि पत्रकारका हकहितका लागि विभिन्न बुँदाहरु समेटिएका छन् ।

घाेषणापत्रमा सरकारी अस्पतालमा श्रमजीवी पत्रकारको निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणालाई पनि प्रभावकारी र वैज्ञानिक प्रणालीमार्फत पूर्ण कार्यान्वयन लगायतको माग गरिएकाे छ ।

यस्ताे घाेषणापत्र

प्रेस चौतारी नेपाल
केन्द्रीय समिति

काठमाडौं घोषणापत्र–२०८१

मजीवी पत्रकारहरुको अग्रणी संगठन प्रेस चौतारी नेपालको केन्द्रीय समितिको बैठक यही मिति २४ पुस २०८१ मा संगठनका अध्यक्ष गणेश वस्नेतको अध्यक्षता र नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख÷हाम्रो संगठनका इन्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यमा बैठक बस्यो । बैठकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको पेशागत हकहित र श्रमजीवी पत्रकारको दक्षता अभिवृद्धि एवं मिडिया उद्योगको संरक्षण र विकासको सन्र्दभमा महत्वपूर्ण छलफल भयो । बैठकले निम्न अनुसारको ११ बूँदे काठमाडौं घोषणापत्र–२०८१ जारी गरेको छ ।

काठमाडौं घोषणापत्र–२०८१

१) २०८१ मंसिर २८ गते सम्पन्न भएको श्रमजीवी पत्रकारहरुको साझा तथा गौरवमयी संगठन नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनमा प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको तर्फबाट केन्द्रीय समिति, प्रदेश समिति र शाखाहरुमा अघि सारिएका उम्मेदवारहरुलाई मतदान गर्ने सम्पूर्ण सदस्यहरुलाई यो बैठक हार्दिक आभार प्रकट गर्दछ । साथै यो बैठक महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन योगदान गर्ने तीनै तहका निर्वाचन समितिहरू, महासंघको निवर्तमान नेतृत्व, कर्मचारी लगायत सबैलाई हार्दिक धन्यवाद र विजयी सबैलाई बधाई ज्ञापन गर्दछ ।

२) आमसञ्चार माध्यममा आचारसंहिताको अनुगमन, मूल्याङ्कन, नियमन गरी मर्यादित तथा जिम्मेवार बनाउने अधिकार प्राप्त सरकारी निकायको व्यवस्था रहे पनि पछिल्लो समयमा सञ्चार माध्यममा प्रकाशित सामग्री लिएर आम सञ्चार माध्यमका प्रकाशक, सम्पादक र पत्रकार विरुद्ध एकपछि अर्को विद्युतिय अपराध (साइबर क्राइम)मा मुद्दा चलाउने सम्बन्धित निकायको दुराशायपूर्ण कदमप्रति यो बैठकको गम्भिर ध्यानाकर्षण भएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचना प्रवाहको स्थापित अन्तर्राष्ट्रिय मूल्य, मान्यता तथा अभ्यास र नेपालको संविधानले आत्मसात गरेको सिद्धान्त अनुकूल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगको वातावरण निर्माणका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको ठहर यो बैठकको छ । तर सरकारको प्रतिबद्धता विपरित सरकारलाई नै असहयोग गर्ने नियत राखेर प्रहरी र सम्बन्धित निकायले कसैको उक्सावटमा यस प्रकारको गतिबिधि गरीरहेको बैठकको निकष्र्ष रहेको छ । यस प्रकारको कदम तत्काल बन्द गर्न सम्बन्धित निकायलाई यो बैठक माग गर्दछ ।

३) यौ बैठक वर्तमान सरकारले राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र समृद्धिको पक्षमा गरीरहेको कामको दृढतापूर्वक समर्थन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार, मिडिया हितको पक्षमा अग्रणी संगठनको रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रण गर्दछ । साथै यो बैठक नेकपा (एमाले) को नेतृत्वमा ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय संकल्प पूरा गर्ने अभियानमा आम सञ्चार क्षेत्रबाट अधिकतम् योगदान गर्ने संकल्प गर्दछ ।

४) नेकपा (एमाले) आदरणीय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूबाट उद्घाटन हुने प्रेस चौतारी नेपालको १० औं महाधिवशेन (२५–२७ फागुन २०८१, विराटनगर) लाई भव्यतापूर्वक सफल पार्नका लागि सम्पूर्ण श्रमजीवी पत्रकार र सबै शुभेच्छुकहरुलाई यो बैठक हार्दिक अपिल गर्दछ ।

५) श्रमजीवी पत्रकार सम्बन्धी ऐन जारी भएको तीन दशक भैसक्दा पनि यसको पूर्ण कार्यान्वयन हुन नसकेको बिडम्बनापूर्ण यथार्थप्रति यो बैठकको गम्भिर ध्यानाकर्षण भएको छ । सञ्चार प्रतिष्ठानमा नियुक्ति पाएको दिनदेखि नै न्यूनतम पारिश्रमिक, विदा, औषधी उपचार, विमा, उपदान लगायत सामाजिक सुरक्षाको ग्यारेन्टी र अन्य क्षेत्रमा कार्यरत श्रमजीवीको तुलनात्मक पारिश्रमिक दरको अध्ययनका आधारमा निरन्तर न्यूनतम तलब वृद्धिका लागि निरन्तर पहलकदमी र नेतृत्व गर्ने प्रण गर्दछ ।

६) यो बैठक श्रमजीवी पत्रकारको निःशुल्क दुर्घटना बिमालाई स्वास्थ्य बिमामा रुपान्तरण गरी त्यसको प्रभावकारी कार्यान्वयन र ज्येष्ठ पत्रकार सम्मान वृत्ति कोष रकमको बृद्धिका लागि सम्बन्धित निकायलाई माग गर्दछ ।

७) यो बैठक सरकारी अस्पतालमा श्रमजीवी पत्रकारको निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणालाई पनि प्रभावकारी र वैज्ञानिक प्रणालीमार्फत पूर्ण कार्यान्वयनको माग गर्दछ ।

८) यो बैठक श्रमजीवी पत्रकारले सञ्चालन गरेका साना लगानीका स्वरोजगारमूखी सञ्चारमाध्यमको संरक्षण र प्रवद्र्धनका लागि समानुपातिक विज्ञापन नीति लागू गर्दै स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई नै उपलब्ध गराउनुपर्ने वाध्यकारी व्यवस्था गर्न माग गर्दछ ।

९) यो बैठक सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन शतप्रतिशत वृद्धि गर्न माग गर्दछ । साथै पछिल्लो समयमा प्रभावकारी र लोकप्रिय बन्दै आएको अनलाइन सञ्चार माध्यमहरुलाई वैज्ञानिक प्रणालीबाट वर्गीकरण गरी लोक कल्याणकारी विज्ञापन उपलब्ध अबिलम्ब उपलब्ध गराउन यो बैठक माग गर्दछ ।

१०) यो बैठक पत्रकारको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम, अध्ययन–अनुसन्धान, अभिलेखीकरणका लागि संघ र प्रदेशस्तरमा ‘आम सञ्चार प्रशिक्षण प्रतिष्ठान’ गठनको माग गर्दछ ।

११) यो बैठक प्रेस चौतारी नेपाल एशोसियट प्रदेशका उपाध्यक्ष तथा भ्यूज अनलाइनका उपसम्पादक श्यामसुन्दर पुडासैनीको ३३ वर्षको अल्पायुमै भएको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पुडासैनीप्रति हार्दिक श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गर्दछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker