डा. केसीको माग पुरा गर्न माग

भञ्ज्याङ समाचारदाता दमौली

चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै आमरण अनशनरत डा. गोविन्द केसीको माग पुरा गर्न जीपी फाउण्डेशन तनहुँले सरकारसँग माग गरेको छ । २४ दिनदेखि अनशनमा रहँदा स्वास्थ्य बिग्रे पनि माग पुरा गराउन सरकार गम्भीर नभएको भन्दै फाउण्डेशनले चिकित्सा क्षेत्रमा देखिएका विकृतिविरुद्ध निस्वार्थ ढंगले १९औं पटक अनशन बस्दा पनि सरकारले बेवास्ता गरेको आरोप लगाएको छ ।

जिल्ला अध्यक्ष वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले तथा सचिव कृष्णचन्द्र पाण्डेद्वारा जारी विज्ञप्तिमा जायज माग राखेर पटक पटक अनशन बस्नुपर्ने अवस्था आउनुलाई दुःखद् भन्दै केसीका मागप्रति ऐक्यवद्धता जनाइएको छ । फाउण्डेशनले डा. केसीसँग विगतमा भएका सम्झौताको यथाशिघ्र कार्यान्वयनको पनि माग गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker