बन्दिपुरको थुम्कामा विपत ब्यवस्थापन तालिम सञ्चालन
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुर-५ थुम्कामा विपत ब्यवस्थापन सम्बन्धी तालिम संचालन गरिएको छ । विपतको समयमा उद्दार गर्ने उद्देश्यले इनिसेटिभ आउटडोर संस्थाको आयोजना र वडा नं. ५ को सहकार्यमा स्थानीय ६ जना युवाहरुलाई तालिम प्रदान गरिएको प्रशिक्षक चन्द्र आलेले बताए ।
वडा कार्यालयको संयोजनमा गरिएको कार्यक्रममा विपतको समयमा स्वतस्फूर्त रुपमा स्वयंसेवक हिसावले उद्दारमा खटिने प्रतिवद्दता सहित स्थानीय युवाहरुको उत्साहजनक सहभागिता रहेको वडा अध्यक्ष ध्रुवप्रसाद लामिछानेले बताए । तालिमका क्रममा स्वास्थ सम्बन्धी र अन्य उद्दारका विषयमा तालिम प्रदान गरिएको संस्थाका संचालक आलेले बताए ।










