माओवादी केन्द्र तनहुँको १० वटै पालिकामा अधिवेशन र नयाँ नेतृत्व चयन

दमौली : नेकपा माओवादी केन्द्र तनहुँले जिल्लाका दश वटै पालिकामा अधिवेशन तथा खवरदारी सभासंगै नयाँ नेतृत्व चयन गरेको छ। पार्टीले प्रत्येक पालिकामा खबरदारी सभासंगै समसामयिक विषयमा छलफल गरी अधिवेशन गरेको थियो ।
माओवादी केन्द्रको अधिवेशनबाट व्यास नगरपालिकामा गोपाल सुर्खाली, शुक्लागण्डकी नगरपालिकामा शरण सापकोटा, भानु नगरपालिकामा भरत थापा, ऋषिङ गाउँपालिकामा डम्वर वि.क.को अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
यस्तै, घिरिङ गाउँपालिकामा चुननारायण श्रेष्ठ, म्याग्दे गाउँपालिकामा बालकृष्ण श्रेष्ठ, बन्दिपुर गाउँपालिकामा ध्रुवप्रसाद लामिछाने, आँबुखैरेनी गाउँपालिकामा खगराज गौली र देवघाट गाउँपालिकामा भुवन सिं गुरुङको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ ।
यस्तै, भिमाद नगर कमिटीको अध्यक्षमा पुनः अमृत सिग्देलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ । भिमाद–१ किहुँ बडहरभञ्ज्याङ्गमा सम्पन्न नगर कमिटीको दोस्रो अभिवेशनले सिग्देलको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरिएको माओबादी केन्द्रका जिल्ला संयोजक ओमराज आले मदनले जानकारी दिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker