शुक्लागण्डकी नगरपालिकाद्वारा रु १ अर्ब १३ करोड ५४ लाख बजेट प्रस्तुत

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को लागि रु १ अर्ब १३ करोड ५४ लाख ४९ हजार अनुमानि बजेट प्रस्ताव गरेको छ। नगर उपप्रमुख खुमबहादुर विक (राजु)ले सोमबार आयोजित नगर सभा तथा १९औं नगर अधिवेशनमा उक्त अनुमानित बजेट प्रस्ताव गरेका हुन् ।
प्रस्तुत बजेटबाट पूर्वाधार तर्फ रु ३ करोड ५१ लाख ७८ हजार, सामाजिक विकास तर्फ रु ३ करोड ४२ लाख ५२ हजार, आर्थिक विकास तर्फ रु ९२ लाख ५७ लाख, वातावरण तथा विपद व्यवस्थापन तर्फ रु ९२ लाख ५७ हजार विनियोजन गरिएको छ ।
यस्तै, सुशासन तथा संस्थागत विकास तर्फ रु ४६ लाख २८ हजार, चालू प्रशासनिक खर्च रु १६ करोड, अनिवार्य दायित्व भुक्तानी तर्फ रु १० करोड, राजश्व फिर्ता तर्फ रु १ करोड, जनसहभागिता तर्फ रु १ करोड ५० लाख र वडागत सिलिङतर्फ रु ९ करोड २५ लाख ७४ हजार विनियोजन प्रस्ताव गरिएको उपप्रमुख विकले जानकारी गराए ।
उक्त नगर सभाले शुक्लागण्डकी नगरपालिकाको आर्थिक विधेयक २०८३ र शुक्लागण्डकी नगरपालिकाको सार्वजनिक खरिद नियमावली २०७६ (संशोधन २०८३) नगर सभामा पेश गरी पारित गरेको छ । अधिवेशनको समापन असार २६ गते गरिने भएको छ ।










