पाहुना आउँछन् जान्छन् : कांग्रेसका उम्मेदवार भट्टराइ

भञ्ज्याङ न्यूज

नेपाली कांग्रेसबाट तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द भट्टराइले तनहुँको माटोमै हुर्किएर भिजेको भन्दै यस क्षेत्रको विकासका लागि आफूले विगतमा गरेको कामलाई अब झनै अघि बढाउने बताएका छन् ।

डुम्रेमा चुनावी प्रचार सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उनले पदमै नरहेर पनि जिल्लाको विकासका काममा खटिरहेको भन्दै आफूले माटो चिनेकाले विकास गर्ने सामर्थ्य राख्ने बताए । उनले आफ्ना चुनावी प्रतिस्पर्धीहरुलाई पाहुनाको संज्ञा दिंदै भने, ‘पाहुना आउँछने जान्छन् ।’

यहाँको माटो नै नचिनेका व्यक्तिहरु उम्मेदवारका रुपमा आएका भन्दै उनले उनीहरु छाडेर जाने भएपनि आफू भने यहीं विकासमा लागि पर्ने भन्दै आफूलाई मत दिन आग्रह गरे ।

उनले भने, ‘कतिपय उम्मेदवार पैसा बाँडेर चुनाव जित्ने योजनामा रहेका छन् । पैसालाई भोट दिनुहुन्छ कि निष्ठानवानलाई ?’ आफूसँग जिल्लाको विकासदेखि राष्ट्रिय र अर्थतन्त्र बलियो बनाउने योजना रहेको बताउँदै भट्टराइले आफूले पार्टीमा देखिएका समस्या समाधान गरेर सुधार गर्ने र घरको फोहोर सफा बनाएर राम्रो बनाउने सुनाए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker