तनहुँकाे थानीथान मन्दिरमा कात्तिकको पहिलो मंगलबार १८ फूलकाे डाेली भित्रिए
भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिका वडा नं. ७ स्थित थानीथान मन्दिरमा कार्तिक लागेसँगै फूलकाे डाेली भित्रिन थालेका छन् ।
पहिलाे हप्ताको मंगलबार देशका विभिन्न ठाउँबाट १८ वटा डाेली भित्रिएका छन् भने डाेली सँगै करिब २२ सयकाे हाराहारीमा भक्तजनले मन्दिरमा दर्शन र पूजाआजा गरेका थानिमाई मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरले जानकारी दिनुभयाे ।
मन्दिरमा साेमबार राती ५५ जना भक्तजनले रातभर जाग्राम बसी बत्ती बालेका थिए । आ-आफ्नाे मनाेकाँक्ष पूरा हुने विश्वासका साथ मन्दिरमा भाकल गरि डाेली लाने र मन्दिरमा पूजाआजा गर्ने चलन छ ।










