आँबुखैरेनीको सत्रसयमा काँग्रेस र माओवादी कार्यकर्ता बिच झडप, मतपेटिका सुर्क्षित गर्न ५ राउण्ड गोली चल्यो
भञ्ज्याङ न्यूज
तनहुँको आँबुखैरेनी गाउँपालिका १ स्थित मित्रता मावि मतदान केन्द्रमा नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ता बिच झडप भएको छ। मतदान सकेर सिल गरि मतगणना स्थलतर्फ मतपेटिका ल्याउने क्रममा साँझ करिब सवा ६ बजेतिर दुई पक्षबिच मतदान केन्द्र भन्दा बाहिर झडप भएको हो।
झडपकै क्रममा प्रहरी माथि पनि ढुङ्गामुढा हुन थालेपछि मतपेटिका सुरक्षाका लागि प्रहरीले ५ राउण्ड हवाईफायर गर्नुपरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनी जानकारी दिएको छ।
प्रहरीका अनुसार झडपमा परि ८ जना स्थानीय घाईते भएका छन् भने १ जना म्यादी प्रहरी पनि सामान्य घाईते भएका छन्।
यद्यपी दुई पक्ष बिच झडप भएपनि प्रहरीले मतपेटिका सुरक्षित साथ मतगणनास्थलमा ल्याईसकेको बताए।










