व्यास नगरपालिकाको प्रज्ञा प्रतिष्ठानले दमौलीमा दोश्रो साँस्कृतिक महोत्सव गर्ने

दमौली : तनहुँको व्यास नगरपालिकामा दोश्रो साँस्कृतिक महोत्सव गरिने भएको छ । नगरपालिका भित्र बसोबास गर्ने विभिन्न समुदायको कला, संस्कार, संस्कृति तथा पहिचान प्रवद्र्धन गर्ने उद्देश्यले व्यास नगर सांस्कृतिक महोत्सव गर्न लागिएको हो ।
व्यास नगरपालिकाको संरक्षकत्वमा व्यास नगर प्रज्ञा प्रतिष्ठान तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँको समन्वयमा फागुन ७, ८ र ९ गते उक्त महोत्सव गर्न लागिएको हो ।
विभिन्न जातजातिका संस्कार, संस्कृति, धार्मिक, सांस्कृतिक क्षेत्रको संरक्षणलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ आयोजना गर्न लागिएको सांस्कृतिक महोत्सवको तयारीलाई तीब्र पारिएको नगरका कला तथा संस्कृति विभाग संयोजक देवीबहादुर बस्न्यातले बताए ।
उनले भने, ‘नगरपालिका भित्रका ऐतिहासिक, पौराणिक, पुरातात्विक, पर्यटकीय क्षेत्रका साथै विभिन्न समुदायका कला, संस्कार, संस्कृति लोपोन्मुख अवस्थामा पुगेकाले महोत्सव मार्फत संरक्षण अभियान अगाडि ल्याइएको हो ।’
नगर प्रमुख एवं व्यास नगर प्रज्ञा प्रतिष्ठानका कुलपति वैकुण्ठ न्यौपानेले नगरपालिकाभित्रका अधिकांश समुदायका कला, संस्कार, संस्कृति, इतिहास, पुरातात्विक क्षेत्र लोपोन्मुख अवस्थामा पुगेकाले संरक्षणमा प्रोत्साहन गर्न यस्ता मेला महोत्सव महत्वपूर्ण माध्यम बन्ने सक्नेछन् ।
‘अधिकांश जातजातिका भाषा, धर्म, संस्कार, संस्कृति, कला लोपोन्मुख अवस्था पुगेका छन्, यसलाई संरक्षण गर्ने दायित्व नगरपालिका हो, जसले गर्दा नगरवासीको पहिचानलाई प्रवर्द्धन तथा संरक्षण गर्न आवश्यक छ’, उनले भने, ‘महोत्सव आयोजना गर्न कार्यापालिकाको बैठकबाट पारित भइसकेको छ, अन्य तयारीको अवस्थामा अगाडि बढिसकेको छ । व्यास नगर प्रज्ञा प्रतिष्ठानको समन्वयमा महोत्सव गर्ने निर्णय भएको छ ।’
नगर उपप्रमुख एवं सहकुलपति इन्दिरा दरैले सांस्कृतिक महोत्सवले जातीय विभेद न्यूनिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन । उनले भनिन्, ‘संरक्षण गर्नुपर्ने समुदायका भाषा, कला, संस्कार र संस्कृतिको पहिचान पनि महोत्वमार्फत गर्न सकिन्छ, जसले नगरपालिकालाई पनि सहज हुन्छ ।’
उपकुपति काशीनाथ न्यौपानेले समुदायको मौलिकता प्रस्तुत हुने गरी महोत्सवमा सहभागी हुन आग्रह गरे । उनले आधारभूत रुपमा संस्थालाई आर्थिक सहयोग गर्ने र सम्पूर्ण समुदायमध्ये उत्कृष्ट झाँकीलाई पुरस्कृत गर्ने बताए । उनले भने, ‘सहभागी हुने सम्पूर्ण समुदायले पूर्ण रुपमा मौलिकता प्रस्तुत गर्नुपर्ने हुन्छ ।’
प्रज्ञा सभा सदस्य एवं पर्यटन विज्ञ हरिसिं गुरुङले जिल्लाको सबैभन्दा बढी जातजातिको बसोबास गर्ने यस नगरपालिकामा सांस्कृतिक महोत्सवको महत्व रहेको बताए । उनले भने, ‘व्यास नगरपालिकामा करिब ४० जातजातिको बसोबास रहेको छ, यहाँ बसोबास गर्ने जातजातिमध्ये केही समुदायको भाषा, कला, संस्कार, संस्कृति लोपोन्मुख अवस्थामा पुगेको छ, यसको संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्नेछ।’
जातीय संस्कृति पहिचान एवं कलाकार व्यवस्थापन उपसमिति संयोजक मेघनाथ रिमालले ३० देखि ५० जनाको समूहमा झाँकी प्रस्तुत गरिनुपर्ने बताए । उनका अनुसार नगरपालिकाभित्रका करिब १९ समुदायको मौलिकता झल्कने गरी संस्कृतिको प्रस्तुति रहनेछ । विशेषगरी समुदायको लोपोन्मुख संस्कृति प्रस्तुत गर्न प्रोत्साहन गर्ने उनले बताए ।
व्यास नगरपालिका–३ वीपी वनवाटिका गरिने महोत्सवमा बालन नाच, भजन, चुड्का, कौराहा, सोरठी, स्वराही, पाउदुरे, शंख ध्वनि, झ्याउरे, घाँटु नाचका साथै मूर्ति, चित्रकला लगायतको प्रदर्शनी गरिने बताइएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker