भिमादका पूर्व मेयर थापाको निधन, आज भिमादस्थित सेती नदी किनारमा अन्त्येष्टि गरिदै

तनहुँ : तनहुँको भिमाद नगरपालिकाका पूर्वमेयर मेखबहादुर थापाको निधन भएको छ । सोमबार दिउँसो उपचारको क्रममा थापाको ५५ वर्षको उमेरमा निधन भएको हो ।
थापाको सोमवार किष्ट हस्पिटल काठमाडौंमा उपचारको क्रममा निधन भएको नेकपा एमाले भिमाद नगर कमिटीका अध्यक्ष इमानबहादुर थापाले बताए । पछिल्लो समय थापा कलेजोको समस्याबाट ग्रसित थिए ।
सोमबार मात्रै उनको कलेजो प्रत्यारोपण गर्ने चिकित्सकले तयारी गरेका थिए । छोरी निशा थापाले बुवालाई कलेजो दान दिन सहमत भएकी थिइन् । आइतबार साँझ सिकिस्त भएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएकोमा मृत्यु भएको बताइएको छ ।
थापाको शव सोमबार राती भिमाद–२ स्थित निवासमा ल्याइएको र आज बिहान श्रद्धाञ्जलीका लागि नगरपालिकामा पार्थिव शरीरलाई राखिएको छ भने आजनै भिमादस्थित सेती नदी किनारमा अन्त्येष्टि गरिदै छ ।
यस्तै, भिमाद नगरपालिकाले संस्थापक मेयर थापाको निधनमा आज शोक विदा दिने निर्णय गरेको छ । आफ्नो कार्यकालभर नगप्रमुखको रूपमा उनले पु¥याएको योगदानका साथै भिमाद नगरपालिका र नगरवासीप्रति गरेको सेवा स्मरणीय रहेको बताउँदै शोकको यस घडीमा दिवङ्गत आत्माको चिरशान्तीको कामना सहित हार्दिक श्रद्धाञ्जली प्रकट गरिएको छ ।
शोकको दुःखद घडीमा आज नगरपालिका क्षेत्रभित्र स्थानीय सार्वजनिक विदा दिने साथै अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि उनको पार्थिव शरीर नगरपालिकाको प्राङ्गणमा राखिने जनाइएको छ । नगरपालिकाले सोमबार विज्ञप्ती जारी गरी जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायत भिमादबासी जनसमुदायलाई सो स्थानमा उपस्थित भई श्रद्धाञ्जली अर्पण गरिदिनुहुन र शवयात्रामा सहभागी भइदिनुहुन अनुरोध गरेको थियो ।
मेखबहादुर २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट भीमाद नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । उनकी धर्मपत्नीको भोविमाया थापाको गएको फागुन २३ गते मिर्गौलाको समस्याको कारणले मृत्यु भएको थियो । पत्नी गुमाएको डेढ महिनापश्चात् मेखबहादुरको पनि निधन भएको छ । मेयर थापाका १ छोरा र १ छोरी छन् ।
थापाको निधनप्रति नेकपा एमाले गण्डकी प्रदेशका इन्चार्जसमेत रहेका किरण गुरुङले दुःख व्यक्त गरेका छन् । गण्डकी प्रदेश कमिटीका सदस्य थापाको निधनको खबरले स्तब्ध तुल्याएको उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker