तनहुँमा गुडिरहेको बसबाट खसे यात्रु

तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित बेलचौतारामा गुडिरहेको यात्रुबाहक बसबाट खसेर एक जना यात्रु घाइते भएका छन् ।

शनिबार राति पोखराबाट खैरेनीटारतर्फ जाँदै गरेको ना ५ ख ४८६६ नम्बरको यात्रुबाहक बस बेलचौताराको मोडमा पुगेको बेला ढोका खुला भएकै अवस्थामा एक यात्रु असन्तुलन भइ सडकमा खसेका हुन् ।

घटनापछि स्थानीय बासिन्दाले तत्काल घाइतेलाई उद्धार गरी जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतारामा भर्ना गराएका छन् । घाइतेको अवस्था गम्भीर नरहेको र स्वास्थ्य सुधार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

बसको ढोका गुडिरहेको अवस्थामा खुला राखिएकोले दुर्घटना भएको जनाइएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker