आदिकविमा ‘युवा रेडक्रस सर्कल छात्रवृत्ति अक्षयकोष’ स्थापना

दमौली : ‘म सेवा गर्छु’ भन्ने मूल नारा लिएर सक्रिय आदिकवि भानुभक्त क्याम्पसको युवा रेडक्रस सर्कलले ‘युवा रेडक्रस सर्कल छात्रवृत्ति अक्षयकोष–२०८२’ स्थापना गरेको छ ।

सर्कलका अध्यक्ष सुमन खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केश बहादुर सुनार, नेपाल युवा रेडक्रस सोसाइटीकी उपसभापति नारायणी अधिकारी, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला जिनियर/युवा समितिका प्रमुख, सहायक क्याम्पस प्रमुख तथा सर्कलका पूर्व अध्यक्ष विमल गिरी, स्ववियु अध्यक्ष अनुप आले मगरलगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा सर्कलका अध्यक्ष खड्काले १ लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको घोषणा गर्दै चेक तथा करारनामाको पत्र क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई हस्तान्तरण गरे। उक्त कोष क्याम्पस सञ्चालक समितिका अध्यक्ष केश बहादुर सुनारलाई साक्षी राखी हस्तान्तरण गरिएको थियो ।

सहयोगी महानुभावप्रति आभार व्यक्त गर्दै सर्कलले छात्रवृत्ति कोषलाई दीगो र प्रभावकारी रूपमा सञ्चालन गरिने सर्कलकी सचिव मौसमी थापाले जानकारी गराइन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker