तनहुँ प्राविधिक शिक्षालय भिमादमा निबन्ध लेखन प्रतियोगिता

भिमाद : तनहुँ प्राविधिक शिक्षालय, भिमादले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदको ३७औं परिषद दिवसको अवसरमा भिमाद नगर स्तरीय निबन्ध लेखन प्रतियोगिता गरेको छ । प्रतियोगितामा भिमाद नगरपालिकाभित्रका विभिन्न माध्यमिक विद्यालयका ९ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
“प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको आवश्यकता र महत्व” विषयक निवन्ध प्रतियोगितामा विद्यार्थीहरूले प्राविधिक शिक्षा र तालिमको महत्त्व, यसको समाजमा पर्ने प्रभावको बारेमा आफ्ना विचार प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा अरुणोदय माध्यमिक विद्यालय, भिमाद–२ की आयुशा थापा प्रथम, धर्म माध्यमिक विद्यालय, भिमाद–६ का अनुपा श्रेष्ठ द्वितीय र अमर भू.पू. सैनिक इङ्गलिस स्कुल, भिमाद–५ की डिम्पल थापा तृतीय भएका छन् ।
कार्यक्रमको मुल्याङ्कन भिमाद नगरपालिका योजना शाखा प्रमुख टेकावती ढकाल र जनज्योति क्याम्पसका उपप्राध्यापक लक्ष्मी श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा शिक्षालयका प्रमुख प्रदीराज पौडेलले सहभागी सबै विद्यार्थीहरूलाई प्रमाणपत्र र पुरस्कार वितरण गरेका थिए । उनले भविष्यमा यस्ता कार्यक्रमहरूमा थप सहभागिता बढाउनका लागि विद्यार्थीहरूलाई प्रेरित गर्ने समेत बताएका छन् ।
उक्त कार्यक्रममा शिक्षालयका कृषि प्रशिक्षक कुसुम गौतमले सहजिकरण गर्दै प्रतियोगिताले विद्यालय र प्राविधिक शिक्षालय बीच राम्रो सम्बन्ध स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker