शिक्षा, अनुसन्धान, पठन संस्कृति र स्थानीय साहित्य प्रवर्द्धनका लागि क्याम्पस र प्रतिष्ठानबीच समझदारी

दमौली : तनहुँको आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठान -एकदेव आले पुस्तकालय) बीच शिक्षा, अनुसन्धान, पठन संस्कृति तथा स्थानीय भाषा–साहित्यको प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यले संस्थागत समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरिएको छ ।

व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पस र व्यास नगरपालिका–३ दमौलीस्थित एकदेव आले स्मृति प्रतिष्ठानबीच शुक्रबार क्याम्पसका तर्फबाट सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनार र प्रतिष्ठानका तर्फबाट कार्यसमितिका अध्यक्ष मनुमाया श्रेष्ठले समझदारीपत्र आदान–प्रदान गरेका थिए ।

समझदारीपत्रमा क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख महाप्रसाद हड्खले र प्रतिष्ठानका तर्फबाट कार्यसमितिका अध्यक्ष मनुमाया श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्रीराम कार्की, सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी, विश्वेश्वर तिमल्सेना र बिमल गिरी, विज्ञान विभाग प्रमुख सागर न्यौपाने, प्रशासकीय अधिकृत वसन्ती थापा आले मगर तथा प्रतिष्ठानका महासचिव नेत्र रानाभाट र सचिव शिव सदाशंकरको उपस्थिति रहेको थियो ।

नेपालको संविधानले प्रत्याभूत गरेको शिक्षा, अनुसन्धान, भाषा, साहित्य, संस्कृति संरक्षण, सूचना तथा ज्ञानमा पहुँच र दिगो विकासका सिद्धान्तलाई आत्मसात् गर्दै दुवै संस्थाबीच दीर्घकालीन सहकार्यको आधार तयार गर्न समझदारी गरिएको क्याम्पस प्रमुख हड्खलेले जानकारी गराए ।

समझदारीअनुसार दुवै संस्थाले पुस्तकालय स्रोत र सेवामा साझेदारी गर्ने, पठन संस्कृति तथा साक्षरता अभियान सञ्चालन गर्ने, ज्ञान र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा सहकार्य गर्ने, तनहुँको स्थानीय भाषा र साहित्यसम्बन्धी परियोजनामा संयुक्त रूपमा काम गर्ने, समावेशी पुस्तकालय सेवा विस्तार गर्ने तथा अनुसन्धान प्रतिवेदन र डिजिटल सामग्री संयुक्त रूपमा प्रकाशन गर्नेछन् ।

समझदारीपत्र हस्ताक्षर भएको मितिदेखि लागू भई पाँच वर्षसम्म कायम रहनेछ । यस सहकार्यले तनहुँमा शैक्षिक, अनुसन्धानमूलक तथा सांस्कृतिक वातावरणलाई थप सुदृढ बनाउँदै उच्च शिक्षा संस्था र सामुदायिक पुस्तकालयबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास दुवै पक्षले व्यक्त गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker