हरियाली कृषक समुहको नयाँ कार्यसमिति चयन

भञ्ज्याङ समाचारदाता डुम्रे
तनहुँको बन्दिपुर गाउँपालिका-१ को हरियाली कृषक समुहले नयाँ कार्यसमिति चयन गरेको छ । समुहको बुधबार सम्पन्न साधारण सभाले कृष्ण प्रसाद पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समुहको उपाध्यक्षमा हरिचन्द्र रावल, सचिव आषिक खत्री, सहसचिव वामदेव पोख्रेल, कोषाध्यक्ष अन्जु श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा शिखरनाथ अधिकारी, विपिनबाबु श्रेष्ठ, भगवती रावत, ज्ञानु श्रेष्ठ रहेका छन् । कृषक समुहको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिंदै वडाअध्यक्ष भानुभक्त पोख्रेलले निर्वाहमुखी बनेको कृषि पेशालाई व्यवसायिक बनाउन अग्रसर हुन आग्रह गरेका थिए ।










